बन्दैछ नेपाल, सबै आर्थिक सूचकांकमा उल्लेख्य सुधार

मूलखबर संवाददाता
काठमाडौं, २३ माघ २०८० ।

गतवर्ष चरम आर्थिक संकटमा रहेको नेपालको आर्थिक अवस्स्थामा उल्लेख्य सुधार भएको छ । आर्थिक अवस्थाका सबै सुचकांकमा उल्लेख्य सुधार हुँदै गएको तथ्यहरुले देखाएका छन् ।

गत वर्षको यहि अवधिमा भएको सोधनान्तर स्थितिमा ३ गुनाले सुधार आएको हो । त्यसैगरी डलर संचितिमा पनि उल्लेख्य सुधार देखिएको छ । त्यसैगरी चालु खातामा पनि उल्लेख्य सुधार छ ।

शोधनान्तर अवस्था सुधार हुँदै गएको छ। पुस मसान्तसम्ममा शोधनान्तर स्थिति २७३ अर्ब ५२ करोडले बचतमा पुगेको हो। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ९२ अर्ब १५ करोडले बचतमा रहेको थियो।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ६९ करोड ७४ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब ६ करोडले बचतमा रहेको छ।

त्यस्तै चालू खाता समेत राम्रो अवस्थामा छ। चालू खाता १ खर्ब ६१ अर्ब ६२ करोडले बचतमा रहेको छ।

अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ३५ अर्ब ५७ करोडले घाटामा रहेको थियो ।