त्रिवि उपकुलपतिको लागि ४३ जनाकाे आवेदन, काे बन्ला उपकुलपति ?

मूलखबर संवाददाता
काठमाडौं

नेपालकाे सबैभन्दा पुरानो, ठूलाे र विश्वव्यापी स्थापित विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदकाे खुला प्रतिस्पर्धाकाे लागि ४३ जनाको आवेदन परेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईको अध्यक्षतामा बनेको उपकुलपति सिफारिस समितिमा ४३ जनाको आवेदन परेको हो । आवेदन दिने समय सोमबारसम्मका लागि तोकिएको थियाे ।

आवेदन दिनेहरूमा निमित्त उपकुलपतिदेखि, पुर्व रजिस्ट्रारलगायत रहेका छन् ।

निमित्त उपकुलपति शिवलाल भुसाल, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंह, त्रिविका पूर्वउपकुलपति तीर्थराज खनियाँ, खुला विश्वविद्यालयका पूर्वउपकुलपति लेखनाथ शर्मा, पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति केशरजंग बराल, त्रिविका पूर्वरजिस्ट्रार चन्द्रमणि पौडेल, पूर्वरेक्टर गुणनिधि न्यौपाने, गण्डकी विश्वविद्यालयका उपकुलपति नवराज देवकोटाले आवेदन दिएका छन् ।

त्यस्तै त्रिवि मानविकी संकायकी डिन कुसुम शाक्य, शिक्षा संकायका डिन चित्रबहादुर बुढाथोकी, त्रिवि कार्यकारी परिषद्का सदस्य महानन्द चालिसे, ताहाचल क्याम्पसका प्राध्यापक भीमसेन देवकोटा, त्रिरत्न बज्राचार्य, संगीता रायमाझी, गोविन्द सुवेदी, टंकनाथ धमला, भोजराज अर्याल, प्रकाश घिमिरे, केदारनाथ घिमिरे, पूर्वडिनहरू कृष्णराज तिवारी, इन्द्रबहादुर कार्की, राजकुमार पोखरेल, बालमुकुन्द रेग्मी, एकराज ओझा, देवबहादुर खड्का, अक्कल देव मिश्र, प्रमोदकुमार झालगायतले आवेदन दिएको शिक्षा मन्त्रालयले जनाएको छ ।

यसरी हुनेछ छनाैट :

समितिमा शिक्षामन्त्री राई अध्यक्ष, शिक्षा सचिव अधिकारी र त्रिवि सभा सदस्य चन्द्रकला घिमिरे सदस्य छन् । आवेदकबीच शैक्षिक योग्यता, अनुभव, पुस्तक प्रकाशन, विश्वविद्यालयसम्बन्धी सोचपत्र र व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरणमा एक सय अंकमा प्रतिस्पर्धा गराउने कार्यविधिमा उल्लेख छ । विश्वविद्यालयसम्बन्धी सोचपत्र र कार्ययोजनालाई ३५ अंक छुट्याइएको छ । प्रस्तुतीकरणमा २० र अन्तर्वार्ताका लागि १५ अंक तोकिएको हो । प्राज्ञिक अनुसन्धानमूलक परियोजनाका लागि ६, पुस्तक प्रकाशनबापत ५, विश्वविद्यालयको पदाधिकारीको अनुभवका लागि ४, विद्यावारिधि योग्यताका लागि ५ र प्राध्यापकको अनुभवलाई १० अंक तोकिएको छ । ३ हजार शब्दको सोचपत्र र ५ हजार शब्दको कार्ययोजना माग गरिएको छ ।

सोचपत्र विश्वविद्यालयको गुणस्तर वृद्धि, सम्पत्ति आर्जनसहित आत्मनिर्भर, क्याम्पसहरूको सुदृढीकरण, पारदर्शी एवं जवाफदेहिता र त्रिविलाई उत्कृष्टताको केन्द्र बनाउन केन्द्रित हुनुपर्ने कार्यविधिमा उल्लेख छ । कार्ययोजना त्रिविको रणनीतिक सुधार, अन्तरविश्वविद्यालयको सम्बन्ध, समस्यासहित विद्यमान अवस्थामा केन्द्रित हुनुपर्ने जनाइएको छ । प्रतिस्पर्धीको आवेदनको मूल्यांकन गरेर अल्पसूची प्रकाशन गरिने र विज्ञ समितिबाट अल्पसूचीमा परेकाबीच प्रतिस्पर्धा गराउने उल्लेख छ । समितिले सोचपत्र र कार्ययोजनाको मूल्यांकन गर्न विज्ञ समूह गठन गर्न सक्ने व्यवस्था गरिएको छ । विज्ञमा कम्तीमा विद्यावारिधि गरेको र ५ वर्षको अनुभव भएको प्राध्यापक रहने कार्यविधिमा उल्लेख छ ।

आवेदन दिनेकाे नामावली 

१) विश्वविद्यालयका हालका निमित्त उपकुलपति प्रा.डा. शिवलाल भुसाल,
२) त्रिविका पूर्वउपकुलपति प्रा.डा. तीर्थ खनियाँ,
३) नेपाल खुला विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. लेखनाथ शर्मा,
४) पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. केशरजङ्ग बराल,
५) त्रिविका पूर्वरजिष्ट्रार प्रा.डा. चन्द्रमणि पौडेल,
६) त्रिविकै पूर्वशिक्षाध्यक्ष प्रा. गुणनिधि न्यौपाने,
७) त्रिविका मानविकी तथा सामाजिकशास्त्र सङ्कायका डिन प्रा.डा. कुसुम शाक्य
८) मध्यपश्चिम विश्वविद्यालयका हालका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंह,
९) नेपाल खुला विश्वविद्यालयमा निमित्त उपकुलपतिको जिम्मेवारीसमेत सम्हालिसक्नुभएका प्रा.डा. इन्द्र कार्की,
१०) त्रिविका इतिहास विभागका पूर्वप्रमुख प्रा.डा. राजकुमार पोख्रेल
११) प्रा. डा. सङ्गीता रायमाझी,
१२) सञ्जय आचार्य,
१३) प्रा.डा. टङ्कनाथ धमला,
१४) प्रा.डा. आनन्दवल्लभ जोशी,
१५) प्रा.डा. अक्कलजेव मिश्र,
१६) प्रा.डा. ऋदिशकुमार पोखरेल,
१७) नारायणप्रसाद पाठक,
१८) प्रा.डा. ज्ञानेन्द्रप्रसाद पौडेल,
१९) प्रा.डा. विनयकुमार झा,
२०) डा. शुभनारायण पाठक,
२१) प्रा.डा. महानन्द चालिसे,
२२) प्रा. डा.सूर्यबहादुर थापा,
२३) प्रा.डा. भोजराज अर्याल
२४) भीमसेन देवकोटा,
२५) प्रा.डा. वेदनाथ शर्मा,
२६) प्रा.डा. नारायणप्रसाद बेल्बासे,
२७) प्रा.डा. हेमराज शर्मा,
२८) प्रा.डा. प्रकाश घिमिरे (काठमाडौँ),
२९) प्रा.डा. प्रकाश घिमिरे (गोरखा),
३०) प्रा.डा. रामचन्द्र बस्नेत,
३१) प्रा.डा. केदारनाथ घिमिरे,
३२) प्रा.डा. महेन्द्रप्रसाद शर्मा,
३३) प्रा.डा. विनोद पराजुली,
३४) प्रा.डा. देवबहादुर खड्का,
३५) प्रा.डा. कृष्णराज तिवारी,
३६) प्रा.डा. गोविन्द सुवेदी,
३७) प्रा.डा. नवराज देवकोटा,
३८) प्रा. डा. बालमुकुन्द रेग्मी,
३९) प्रा.डा. रामप्रसाद रेग्मी,
४०) प्रा.डा. चित्रबहादुर बुढाथोकी,
४१) प्रा.डा. त्रिरत्न बज्राचार्य,
४२) प्रा. डा.एकराज ओझा
४३) प्रा.डा. प्रमोदकुमार झा ।