भुकम्प प्रभावितका लागि अस्थाई आवास निर्माणबारे रेखा शर्मा

मूलखबर संवाददाता
काठमाडौं

काठमाण्डौं, मंसिर १३
जाजरकोट केन्द्रविन्दु भई कात्तिक १६ गते गएको भुकम्प प्रभावितहरुको लागि सरकारले अस्थाई आवास निर्माण गर्ने भएको छ । प्रभावितहरुको लागि आवासको कार्य ढिलाई भईरहेको भन्दै प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरीलाई खटाउने आज बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । जनशक्ति अपुग भएको खण्डमा प्रमुख जिल्ला अधिकारीको मागको आधारमा जनशक्ति थप गर्ने निर्णय गरिएको सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले बताईन् ।