यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
त्रिकोणात्मक सिरिजमा युएईलाई ७ विकेटले हराउँदै नेपालको सुखद सुरुवात. मूलखबर संवाददाता काठमाडौं काठमाडौं । काठमाडौंमा आजबाट सुरु भएको नेपाल युएई र हङकङ सम्मिलित त्रिकोणात्मक टी–२० अन्तराष्ट्रिय सिरिजमा घरेलु टोली नेपालले सुखद सुरुवात गरेको छ ।. मुलपानीमा आज भएको पहिलो खेलमा नेपालले युएईलाई ७ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो । नेपाललाई जित दिलाउन कप्तान रोहित पौडेलले अर्धसतक बनाउँदा करणले तीन तथा गुल्शन झाले दुई विकेट लिए ।. नेपालले युएईले दिएको १४१ रनको लक्ष्य नेपालले १८।५ ओभरका तीन विकेटको क्षतिमा भेट्टाएको हो । नेपाललाई जित दिलाउन दिपेन्द्र सिंह ऐरी र कप्तान रोहित पौडेलले उत्कृष्ट साझेदारी गरे । उनीहरुले ९३ रनको साझेदारी गरे ।. रोहितले अविजित ५१ रनको अर्धसतकिय पारी खेले भने दिपेन्द्र ३४ रनमा अविजित रहे ।. त्यस्तै आशिफ शेखले २३ रनको योगदान गर्दा कुशल भुर्तेलले १४ र कुशल मल्लले ११ रन बनाउँदै पेभिलियन फर्किएका थिए ।. युएईका लागि अलि नासर र निलान्स केस्वानीले समान एक–एक विकेट लिए ।. यसअघि टस हारेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४० रन बनाएको थियो । युएईका लागि सर्वाधिक रन बसिल अहम्मदले बनाए । उनले ३८ बलमा एक चौका र तीन छक्काको मद्दतले ५१ रनको अधएसतकिय पारी खेले । युएईले पहिलो चार विकेट ५२ रन जोड्दा गुमाएको थियो ।. युएईले आफ्नो स्कोर १ रन हुँदा खालिद शाहलाई पहिलो ओभरको अन्तिम बलमाक गुमाएको थियो । दोस्रो विकेटको रुपमा टोलीको स्कोर १२ रन हुँदा ६ रन बनाएको आलिसान साफारुलाई गुमायो ।. त्यस्तै कप्तान मोहम्मद वसिम १७ रन बनाउँदै आउट भए । आसिफ साहले १५ रनको योगदान गरे । त्यसपछि युएईको पारी बसिल अहम्मद र अलि नासरले सम्हालेका थिए । यी दुईले ५६ रनको साझेदारी गरे । अलि नासर ३२ रन बनाउँदै १६।१ ओभरमा पेभिलियन फर्किए । त्यसपछि आएका मोहम्मद फराजुद्धिनले खाता नै खोल्न सकेनन् । सन्चित शर्मा दुई तथा निलान्स केस्वानी चार रनमा अविजित रहे ।. नेपालका लागि करण केसीले सर्वाधिक तीन तथा गुल्शन झाले दुई विकेट लिए । अभिनास बोहरा र सोमपाल कामीको नाममा एक एक विकेट रह्यो । करणले चार ओभर बलिङ गर्दा १९ रन खर्चेर तीन विकेट लिए । त्यस्तै गुल्शनले तीन ओभर बलिङ गर्दा ११ रन खर्चेर दुई विकेट लिएका छन् ।.
त्रिकोणात्मक सिरिजमा युएईलाई ७ विकेटले हराउँदै नेपालको सुखद सुरुवात
मूलखबर संवाददाता
काठमाडौं
काठमाडौं । काठमाडौंमा आजबाट सुरु भएको नेपाल युएई र हङकङ सम्मिलित त्रिकोणात्मक टी–२० अन्तराष्ट्रिय सिरिजमा घरेलु टोली नेपालले सुखद सुरुवात गरेको छ ।
मुलपानीमा आज भएको पहिलो खेलमा नेपालले युएईलाई ७ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो । नेपाललाई जित दिलाउन कप्तान रोहित पौडेलले अर्धसतक बनाउँदा करणले तीन तथा गुल्शन झाले दुई विकेट लिए ।
नेपालले युएईले दिएको १४१ रनको लक्ष्य नेपालले १८।५ ओभरका तीन विकेटको क्षतिमा भेट्टाएको हो । नेपाललाई जित दिलाउन दिपेन्द्र सिंह ऐरी र कप्तान रोहित पौडेलले उत्कृष्ट साझेदारी गरे । उनीहरुले ९३ रनको साझेदारी गरे ।
रोहितले अविजित ५१ रनको अर्धसतकिय पारी खेले भने दिपेन्द्र ३४ रनमा अविजित रहे ।
त्यस्तै आशिफ शेखले २३ रनको योगदान गर्दा कुशल भुर्तेलले १४ र कुशल मल्लले ११ रन बनाउँदै पेभिलियन फर्किएका थिए ।
युएईका लागि अलि नासर र निलान्स केस्वानीले समान एक–एक विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४० रन बनाएको थियो । युएईका लागि सर्वाधिक रन बसिल अहम्मदले बनाए । उनले ३८ बलमा एक चौका र तीन छक्काको मद्दतले ५१ रनको अधएसतकिय पारी खेले । युएईले पहिलो चार विकेट ५२ रन जोड्दा गुमाएको थियो ।
युएईले आफ्नो स्कोर १ रन हुँदा खालिद शाहलाई पहिलो ओभरको अन्तिम बलमाक गुमाएको थियो । दोस्रो विकेटको रुपमा टोलीको स्कोर १२ रन हुँदा ६ रन बनाएको आलिसान साफारुलाई गुमायो ।
त्यस्तै कप्तान मोहम्मद वसिम १७ रन बनाउँदै आउट भए । आसिफ साहले १५ रनको योगदान गरे । त्यसपछि युएईको पारी बसिल अहम्मद र अलि नासरले सम्हालेका थिए । यी दुईले ५६ रनको साझेदारी गरे । अलि नासर ३२ रन बनाउँदै १६।१ ओभरमा पेभिलियन फर्किए । त्यसपछि आएका मोहम्मद फराजुद्धिनले खाता नै खोल्न सकेनन् । सन्चित शर्मा दुई तथा निलान्स केस्वानी चार रनमा अविजित रहे ।
नेपालका लागि करण केसीले सर्वाधिक तीन तथा गुल्शन झाले दुई विकेट लिए । अभिनास बोहरा र सोमपाल कामीको नाममा एक एक विकेट रह्यो । करणले चार ओभर बलिङ गर्दा १९ रन खर्चेर तीन विकेट लिए । त्यस्तै गुल्शनले तीन ओभर बलिङ गर्दा ११ रन खर्चेर दुई विकेट लिएका छन् ।