विश्वकप छनोट : लाओसलाई हराउँदै नेपाल दोस्रो चरणमा प्रवेश

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौं । फिफा विश्वकप २०२६ छनोटमा नेपाल दोस्रो चरणमा प्रवेश गर्न सफल भएको छ। मंगलबार साँझ भएको पहिलो चरणको दोस्रो लेगमा नेपालले लाओसलाई उसकै मैदानमा १–० ले हराएर समग्रमा २–१ को नतिजासहित फिफा विश्वकप छनोटको दोस्रो चरणमा प्रवेश गरेको हो।

लाओसविरुद्ध ५३ औं मिनेटमा मनिष डाँगीले गरेको एकमात्र गोल निर्णायक बन्यो। मनिषले अञ्जन विष्टको पासलाई सदुपयोग गरेका थिए ।

अब नेपालले दोस्रो चरणमा समूह ‘एच’ मा रहेर खेलहरु खेल्ने छ। समूह ‘एच’मा नेपालले युएई, बहराइन सहित पहिलो चरणको यमन र श्रीलंका बिचको विजेतासँग प्रतिस्पर्धाको अवसर पाउने छ।