भूकम्प आउनुअघि र भूकम्प आएपछिको मोरक्को, तस्विरमा तुलना (फिचर). मोरक्कोमा गत शुक्रवार राति आएको भूकम्पका कारण क्षतिग्रस्त भवनहरूका भग्नावशेषमा उद्धारकर्मीहरूले जीवित मानिसको खोजी तीव्र बनाइरहँदा मृतकको सङ्ख्या पनि निरन्तर बढिरहेको छ।. भूकम्पका कारण मृत्यु हुने मानिसको सङ्ख्या मङ्गलवारसम्म २,८०० पुगेको पुष्टि अधिकारीहरूले गरेका छन्। उक्त उत्तर अफ्रिकी राष्ट्रको दुर्गम पहाडी भेगमा केन्द्रबिन्दु बनाएर आएको ६.८ म्याग्निट्यूडको भूकम्पमा कतिपय ऐतिहासिक संरचनाहरू ध्वस्त भएका छन् भने केही सकुशल देखिन्छन्।. भूकम्पपीडितहरूलाई सहयोग गर्न रेडक्रस र रेड क्रेसन्ट सोसाइटीले आग्रह गरेका छन्। खानेपानी, सरसफाइ र तत्काल आश्रयका लागि ११ करोड डलर आवश्यक पर्ने बताइएको छ।. मोरक्कोमा अधिकांश मानिसहरूको मृत्यु एट्लस पर्वतको ग्रामीण क्षेत्रमा भएको विवरणहरू आएका छन्।. दिउँसोको समयमा लिइएको तस्बिरमा भूकम्पपछि पनि कुतुबिया मस्जिद सकुशल देखिन्छ. यो तस्बिरमा पर्यटकहरू भूकम्पपछि ध्वस्त जमा एल्फना मिनारको बाटो हुँदै हिँडेको देखिन्छ.
मोरक्कोमा गत शुक्रवार राति आएको भूकम्पका कारण क्षतिग्रस्त भवनहरूका भग्नावशेषमा उद्धारकर्मीहरूले जीवित मानिसको खोजी तीव्र बनाइरहँदा मृतकको सङ्ख्या पनि निरन्तर बढिरहेको छ।
भूकम्पका कारण मृत्यु हुने मानिसको सङ्ख्या मङ्गलवारसम्म २,८०० पुगेको पुष्टि अधिकारीहरूले गरेका छन्। उक्त उत्तर अफ्रिकी राष्ट्रको दुर्गम पहाडी भेगमा केन्द्रबिन्दु बनाएर आएको ६.८ म्याग्निट्यूडको भूकम्पमा कतिपय ऐतिहासिक संरचनाहरू ध्वस्त भएका छन् भने केही सकुशल देखिन्छन्।
थप भूकम्प आउने त्रासमा मानिसहरूले जम एल्फनाको परिसरमा आश्रय लिने गरेका छन्
भूकम्पपीडितहरूलाई सहयोग गर्न रेडक्रस र रेड क्रेसन्ट सोसाइटीले आग्रह गरेका छन्। खानेपानी, सरसफाइ र तत्काल आश्रयका लागि ११ करोड डलर आवश्यक पर्ने बताइएको छ।
मोरक्कोमा अधिकांश मानिसहरूको मृत्यु एट्लस पर्वतको ग्रामीण क्षेत्रमा भएको विवरणहरू आएका छन्।
मोरक्कोको हाई एट्लस माउन्टेन्समा अवस्थित ऐतिहासिक स्थलमा निर्मित तिन्मेल मस्जिद नराम्ररी भत्किएको छ। भूकम्प अघि (माथि) र पछि (तल) लिइएका तस्बिरमा क्षतिको अवस्था देखिन्छ।माराकेशको कुतुबिया मस्जिद (तस्बिरमा बायाँ)बाट भूकम्पको समयमा धुलो झर्दै गरेको दृश्य र भूकम्पअघि त्यही कोणबाट खिचिएको तस्बिर दायाँ
दिउँसोको समयमा लिइएको तस्बिरमा भूकम्पपछि पनि कुतुबिया मस्जिद सकुशल देखिन्छ
यो तस्बिरमा पर्यटकहरू भूकम्पपछि ध्वस्त जमा एल्फना मिनारको बाटो हुँदै हिँडेको देखिन्छ