जी-२० सम्मेलनमा भारतलाई सफलताः मध्यमार्गी कूटनीतिका कारण बन्यो संयुक्त वक्तब्य

मूलखबर संवाददाता
काठमाडौं

दक्षिणी छिमेक भारतको नयाँ दिल्लीमा शनिबारदेखि जी-२० शिखर सम्मेलन सुरु भएको छ। शिखर सम्मेलनमा संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनसहित, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन, बेलायती प्रधानमन्त्री ऋषि सुनक, जर्मन चान्सलर ओलाफ सोल्जसहित २० देशका सरकार प्रमुख, राष्ट्रप्रमुख तथा प्रतिनिधि सहभागी छन्।

 सम्मेलनको पहिलो दिन २० देशका नेताहरु एउटै मञ्चमा बसेर आ–आफ्ना धारणा सार्वजनिक गरिरहेका छन्। उनीहरुले पछिल्लो समय रुसले युक्रेनमाथि गर्दै आएको अत्याचारपूर्ण आक्रमण, उत्तर कोरियाको आणविक हतियार परीक्षण, चीनमा भइरहेको मानव अधिकार हनन, अफ्रिकी महादेशमा भइरहेको सैनिक कुलगायत विश्व घटनाबारे एकै ठाउँमा विचार आदान–प्रदान गर्नेछन्।

२० शिखर सम्मेलनबाट ९ बुँदे नयाँ दिल्ली घोषणापत्र पारित भएको छ ।

यो घोषणापत्र आम सहमतिबाट पारित भएको भारतीय सञ्चारमाध्यम अमर उजालाले जनाएको छ । यसलाई भारतको ठूलो उपलब्धिका रुपमा अथ्र्याइएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शनिवार पहिलो दिन ९ बुँदे सहमतिको प्रस्ताव अघि सारेका थिए । स्वीकृत भएको संयुक्त घोषणापत्रका बुँदा यस्ता छन्ः

१. हामी भारतको जी २० अध्यक्ष्यताका दौरान स्टार्ट–अप २० इंगेजमेन्ट ग्रुपको स्थापना गरेकोमा त्यसको स्वागत गछौँ । र, यो जारी रहोस् भन्ने शुभकामना दिन्छौँ ।

२. हामी सन् २०३० एजेन्डा कार्यान्वयनमा द्रुत गतिमा अगाडि लागि भारतका छिमेकीहरूको प्रशंसा गर्न चाहन्छौँ ।

३. संशाधन दक्षता र परिपत्र अर्थव्यवस्था उद्योग गंगठन (आरईसीईआईसी) शुरू गर्न भारतले अध्यक्षता पाएकोमा सबैलाई धन्यवाद दिन्छौँ । पर्यावरणका दृष्टिबाट अनुपयोगी बस्तु तथा पदार्थलाई २०३० सम्ममा कम गर्ने वा शून्यमा छार्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।

४. भारतका छिमेकी देशहरूले तयार गरेको उर्जा संक्रमणका लागि कम लागतको वित्त पोषण प्रतिवेदन हामीले ध्यान दिएका छौँ । जसअनुसार, विश्वको प्राथमिक उर्जा मिश्रणमा नवीकरणीय उर्जाको सबैभन्दा ठूलो हिस्साका लागि ४ ट्रिलियन अमेरिकी डलरभन्दा बढी वार्षिक लगानीको आवश्यकता भएको पाइएको छ ।

५. ग्लोबल डिजिटल पब्लिक रिपजिटरी (जीडीपीआईआर)को निर्माण र मर्मतका लागि भारतीय योजनाका तर्फबाट स्वागत गर्दछौँ । जो डीपीआईको साझा भण्डार पनि हो । जो जी २० सदस्यहरूसँगै र अन्यका लागि पनि साझा गरिएको छ ।

६. भारतीय छिमेकीको वान फ्युचर अलाइन्स (ओएफए)को प्रस्तावमाथि ध्यान दिइएको छ । जुन क्षमता निर्माणको उद्देश्यबाट स्वेच्छिक पहल गरिएको छ । वा, जसले एलएमआईसीमा डीपीआई लागु गर्नका लागि प्रविधिको सहायता र पर्याप्त धन सहायता प्रदान गर्दछ ।

७. हामी जी २० का सबै सदस्यको प्रयासको सराहना गछौं । जसले जी २० को अध्यक्षता भारतले गरिरहेको बेला अफ्रिकी संघलाई स्थायी सदस्य दिलाउनमा मार्ग प्रशस्त गर्नुभयो । अफ्रिकाले विश्वको अर्थव्यवस्थामा एक महत्वपूर्ण भूमिका निभाउँछ ।

८. हामी नयाँ दिल्लीमा जारी १८ औँ जी २० शिखर सम्मेलनमा उपस्थित प्रतिनिधिहरूको हृदयदेखि नै स्वागत गर्न चाहन्छौँ । जी २० लाई बलियो बनाउन योगदान दिने सबै भारतीयलाई धन्यवाद दिन्छौँ । हामी विभिन्न जी २० कार्य समूह र मन्त्रीस्तरीय बैठकको सफल समापनको सराहना गछौँ । उनीहरूको कार्यसम्पादनको प्रशंसा गछौँ ।

९. हामी २३ अगस्ट २०२३ मा चन्द्रमामा सफल अवतरण गरेकोमा भारतलाई बधाई दिन्छौँ ।