आईसिसि सदस्य भिमसेन थापाद्वारा युरोप क्षेत्रको डिआरसीमा उम्मेदवारी घोषणा
गैरआवासीय नेपाली संघ (एनआरएनए) का आइसिसि सदस्य भिमसेन थापाले एनआरएनएको आगामी अधिवेसनमा युरोप उप संयोजक(डिआरसी) मा उम्मेदवारी घोषणा गरेका छन ।
एनआरएनएमा संगठनात्मक परिवर्तन गर्न,युवाहरुलाई एनआरएनमा सहभागी गराउन, सँस्थामा ब्यापक परिवर्तन ल्याउन आफूले उम्मेदवारी दिएको थापाले बताए । एनआरएनएमा अबको आबस्यकता सबै अभियन्ताहरु एकै ठाउमा रहेर देश विकासको लागी आ आफ्नो ठाउबाट योगदान दिनु नै रहेको पोर्चुगल निबासि थापाले बताए । थापा पोर्चुगलका सफल ब्यावसायी पनि हुन ।
उनले हस्पिटालीटी क्षेत्र,कृर्षी क्षेत्र र कंट्रक्सन क्षेत्रमा युरोप र नेपालमा ठुलो लगानी गरेका छन । एनआरएन एनसिसि पोर्चुगलको कार्यसमिती सदस्य, उपाध्यक्ष हुंदै हाल थापा आइसिसि सदस्य भएर सामाजिक कार्यसँगै आफ्नो ब्यावसाय गरिरहेका छन । उनले सबै अभियन्तालाई मिलाएर एकीकृत एनआरएनए बनाई प्रवासमा रहेका नेपालीहरुको हक हितमा कार्य गर्न आफ्नो उम्मेदवारी दिएको बताए ।
थापाले आफू केही लिन नभई यस अभियानमा दिनको लागी आएकाले आफ्नो अभियानमा साथ दिन समस्त युरोपवासी नेपाली र एनआरएनए अभियन्ताहरुलाई साथ र समर्थनको लागी आग्रह गरेका छन । उनले आफू निर्वाचित भएमा सबै युरोपवासिको सल्लाह सुझाव लिएर अगाडी बढ्ने जनाउदै डिआरसी पदको लागि आफू उचित उम्मेदवार भएको बताए ।
उनले आफुलाई साथ दिन सबै युरोपवासी नेपाली र अभियन्तालाई आग्रह गर्दै आफूलाई काम गर्ने अवसर दिन आग्रह गरेका छन ।