दलहरू दलजस्ता बनुन्
कृष्ण हाछेथुको किताब नेपालमा पार्टी निर्माण (२००२) उनको विद्यावारधीको शोधग्रन्थमा आधारित छ । उनले नेपाली काङ्ग्रेस र नेकपा (एमाले) नेपालको संसदीय राजनीतिमा सफल हुनुमा संगठन विस्तार, नीतिगत पक्ष, सद्भाव र नेतृत्वको गतिशीलतालाई देखाएका छन् । कतिपय चिन्तकले राजनैतिक दलहरूको मानव स्रोतको परिचालन, संगठनको संरचना र निर्णय लिने आन्तरिक प्रक्रियामा ध्यान केन्द्रित गर्छन् ।
ऐतिहासिक रूपमा राजनैतिक पार्टीको अबधारणा बुद्धको दर्शन ‘संगम शरणम् गच्छामी’ बाट भएको मान्न सकिन्छ । राजनैतिक क्षेत्रमा बौद्ध दर्शनको सबैभन्दा ठूलो योगदान थियो । यसले दक्षिण एशियामा राष्ट्रिय भावनालाई बढावा दिएको छ । समाजको जड समस्या बनेको जाति व्यवस्थाको प्रभुत्वलाई चक्नाचुर पार्न बौद्ध दर्शनले महत्वपूर्ण भुमिका खेलेको छ । यद्यपी नेपाल सहित दक्षिण एशिया यही समस्याबाट ग्रसित छन् ।
माओवादी पार्टीसित हाल ठूलो नेताको पङ्ती रहे पनि २०५२ मा जनयुद्ध शुरु गर्ने समयको १९ जना मध्ये ६ जना मात्र उक्त पार्टीमा रहेका छन् । ती ६ जना सहितको बिशाल नेताहरूको पङ्ती साँचो अर्थमा कम्युनिस्ट पार्टी निर्माण र पुनर्निर्माणको अभियानमा नलागे सम्म नेपालको संघीय गणतन्त्रले स्थायित्व पाउन सक्दैन ।
राजनैतिक पार्टीका बारेमा मार्क्सको विचार फराकिलो र गहिरो छ । राजनैतिक पार्टीको गतिबिधि मानिससँग अविभाज्य हुनुपर्छ र यसले निश्चित समुदायको हितमा काम गर्नुपर्छ। मार्क्सको राजनीतिक सिद्धान्तले वर्गको हितलाई केन्द्रमा राख्छ । मार्क्सवादी मान्यता अनुसार पार्टीको भूमिका, संगठन निर्माण, कार्यनीति र रणनीतिमा मार्क्स, लेनिनदेखि माओका सिद्धान्तहरूको आलोचनात्मक विश्लेषण गरिन्छ । पार्टीको सम्बन्ध मजदुर र किसान वर्गसँग कसरी स्थापित गर्ने भन्ने परिकल्पना नै यो दर्शनको मुख्य उद्देश्य हो । पार्टीले समाजका मजदुर र किसान सहित भुईं मान्छेको अधिकारको मुद्दालई आत्मसात गर्न बिचार र दृष्टकोण सहितको फराकिलो संगठन हुनुपर्छ भन्ने मान्यता मार्क्सबादी कथ्य हो ।
साउन १७ देखि ५ दिन चल्ने बैठकमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्र पार्टी जस्तो नभएको बताएका छन् । पार्टी हुनका लागी पार्टीका नेताहरूले इतिहासको समिक्षा र आगामी दिनको बाटोको बारेमा छलफल हुनुपर्ने प्रचण्डको बुझाइ हुनुपर्छ । जारी केन्द्रीय समितिको चौथो बैठकको शुरूमा बोल्दै माओवादी केन्द्र पार्टीजस्तो नभएको स्वयं प्रमुखले बताउँदा यो पार्टीका अरू पदाधिकारी र नेताको धारणा कस्तो आउने हो भन्ने बुझ्न १-२ दिन पर्खनु पर्छ ।
माओवादी पार्टीसित हाल ठूलो नेताको पङ्ती रहे पनि २०५२ मा जनयुद्ध शुरु गर्ने समयको १९ जना मध्ये ६ जना मात्र उक्त पार्टीमा रहेका छन् । ती ६ जना सहितको बिशाल नेताहरूको पङ्ती साँचो अर्थमा कम्युनिस्ट पार्टी निर्माण र पुनर्निर्माणको अभियानमा नलागे सम्म नेपालको संघीय गणतन्त्रले स्थायित्व पाउन सक्दैन ।
विश्वराजनीतिमा १९९० अगाडी दुई धुर्बमा बाँडिएको विश्वराजनीतिमा फेरबदल हुँदैछ । अमेरिका, रूस, चीन, भारत सहितका नयाँ समिकरणले एशिया र दक्षिण एशियाको भूराजनीतिमा फरक हुनपुगेको छ । यो गम्भिर अवस्थामा आवश्यक छलफल गरी समाज परिवर्तन र समृद्धिका लागी पार्टी वास्तवमा पार्टी जस्तो हुनै पर्छ ।
पार्टी अध्यक्षले सरकार सञ्चालन, शुशासन, र भ्रष्टचार बिरुद्धको अभियानमा जुट्दा पार्टी निर्जिब जस्तै बनेको छ । यसबाट नेताहरू नै पार्टी पुनर्निर्माणका लागी जिम्मेवार र अनुशासित नभएको बुझ्न गाह्रो छैन । पछिल्लो समय सामाजिक संजालदेखि जनस्तरसम्म सरकारले अगाडि सारेका कार्यक्रमहरू, भ्रष्टचार बिरुद्धको पहलकदमी र सरकारका गतिविधिहरूबाट जनतामा पलाएको आशामा पानी हालेर हरियो बनाउने काम नेताहरू र केन्द्रदेखि वार्ड तह सम्मका समितीहरूबाट हुनसकेको छैन । यो तथ्य र बुझाइको सच्चाइलाई दह्रो सित पक्डेर नेताहरू सच्चिएमा मात्र राष्ट्र बलियो र देशले समृद्धीको दिशा समात्ने छ ।
यो समय मलाई मेरो सोचले पुराना दिन तिर धकलेको छ । नेताहरूले २०८० मा प्रज्ञा प्रतिष्ठानको हलदेखि बिस्तारा सम्म पुग्दा पहिलाका पुराना घटना सम्झँदा मार्क्सले भने जस्तो मजदुर र किसानको हित गरने पार्टी निर्माण हुनेछ । र, त्यो पार्टी हाछेथुले भने जस्तो अब्बल पनि बन्नेछ । बलियो पार्टी मार्फत नै बुद्धले भने जस्तो जनसंघको नर्माण हुनेछ । तसर्थ, २०२० को पुरानो समय सम्झौं र २०५२ का सपनालाई सम्झेर २०८० मा अगाडी बढ्ने हिम्मत माओबादी केन।द्रले गर्नुपर्छ ।
आजका नेताहरू मध्य कतिले बच्चा हुँदा घर, स्कुल र समाज बारे सम्झन्छन् होला ? पञ्चायत बिरुद्धको लडाई वा राजतन्त्र बिरुद्ध लडेर समाज परिवर्तन गर्ने हुटहुटी नेताहरूमा कसरी आयो ? पटक पटक सोच्नि आवश्यक छ । त्यो समय नेताहरूमा केही चाहना, केही परिस्थिति र बाध्यताहरू थिए होला ।
२००६ पछि नेपाल-भारत बिचका असमान सन्धी खारेज गर, र भीमदत्त पन्तको “कित जोत हलो , कित छोड थलो – त्यसो होईन भने तिम्रो छैन भलो” भन्ने नारालाई बोकेर भुईंमान्छेको अधिकार र बिकासको नारा बोकेको पार्टीले २०८० पछि के हुने, कस्तो बन्ने भन्ने प्रश्नहरूको उत्तर दिने गरी छलफल गर्न आवश्यक छ।
नेताहरू आफ्नो समय कति घण्टा हिंडेर स्कुल पुगे वा घरदेखि कति घण्टा हिंडेर पहिलो पटक बस् चढे होलान् ? त्यो समय बाटो कच्ची वा पक्की के थिए होलान् ? उनीहरू पहिलो पटक काठमाण्डौ आउँदा समय कस्तो थियो ? काठमाण्डौं आउँदा के सोचे र काठमाण्डौंबाट घर फर्कदा मनमा के कुरा खेलेका थिए ? पहिलो पटक कस्ता मान्छेहरुसित काठमाण्डौंमा सम्पर्क गरे ? नेताहरू र परिवारका सदस्यको त्यो बेलाको खानपिन, बसाइ, लुगाफाटा र सुताइ कस्तो थियो भन्ने सोचेर नै जनताको पक्षमा काम गर्न तयार हुनुपर्छ ।
२०४७ पछिको राजनैतिक परिवर्तनपछि गिरिजा प्रसाद कोइरालाको शासनबाट देशले के पायो र के गुमायो ? अहिले २०८० मा देश र जनताका बारेमा नेताहरू के कस्तो सोच्ने गरेका छन् ? २०५२ पछि युद्धको समयमा गाऊँको अवस्था कस्तो थियो ? राजनैतिक अभियानका समयमा नेताहरूले सेल्टर लिएको घर र टोलमा जनताको कस्तो अनुभुती थियो ? एक पल्ट निधार खुम्चाएर सोचेमा जनताहरूको पार्टी प्रतिको आशा, भरोसा वा अन्यौलता बारे बुझ्न मद्दत गर्छ ।
२०६३ पछिको देशको अवस्था कस्तो भयो ? इतिहासमा सबै भन्दा पहिला महिला, दलित, जनजाति, मधेशी, पिछडिको क्षेत्र र अल्पसंख्यलबाट ठूलो सङ्ख्यामा प्रतिनिधि सदनमा पुग्दा पनि माओवादी केन्द्र किन बलियो पार्टी बन्न सकेन ? माओबादीका नेताहरुले गर्नु पर्ने इतिहासको समिक्षाको पाटो हो । २०६३ पछि तपाईंहरू कति पटक सांसद र मन्त्री बन्नु भो ? हिजो सेल्टर लिएका घरमा २०६३ पछि कति पटक पुग्नु भयो ? यी प्रश्नहरूको सही उत्तरमा नै सही विचार सहितको पार्टी निर्माण हुनेछ ।
त्यसैले आज देशको विकासलाई बृहत् र दीर्घकालीन खाकामा राखेर पार्टीले सोच्नै पर्छ । विस्तारित दृष्टिकोण अवलम्बन गरेर नेपाल सुधार्ने प्रयत्न गर्नु नेपालका पार्टीहरू पार्टी जस्ता बन्नु पर्छ ।
सरकार संचालनमा रहेका नेताहरूले पहिला कहाँ कसरी पढ्नु भयो र अहिले ती स्कुलहरूको अवस्था कस्तो छ बुझ्नु आवश्यक छ । तपाईंले पढेको स्कुल र क्याम्पसमा गुणस्तर सुधार गर्न के गर्नु भयो र अवस्था बदलियो कि बदलिएन ? अध्यक्ष प्रचण्डले पढेको पाटन क्याम्पस र रामपुरको अवस्था पहिलाको समयमा भन्दा किन बिग्रियो ? हितमान शाक्य सचिब र हिमाल शर्मा स्ववियूको सभापति भएको केन्दीय क्याम्पसको अवस्था आजको समयमा कस्तो छ ? कृष्णबहादुर महरा उपसभापति बनेको पृथ्वी नारायण क्याम्पस र देवेन्द्र पराजुली सचिब रहेको पाटन क्याम्पस कुन हालतमा छन् ? धेरै जनशक्ती तयार गरेको अमृत क्याम्पसको अवस्थाले हामीलाई डर र भयमा राखेको छ वा आशा दिएको छ ? यी कुराहरू बुझ्न नेताहरूले हामी कहाँनेर चुक्यौं र कुन गल्तीका कारण यस्तो हुन गयो भन्ने प्रश्नको वस्तुनिष्ट उत्तर दिनुपर्छ । २०८० को समयमा नेपाली जनताहरूले यी र यस्तै प्रश्नहरूको खोजेका छन् ।
अहिले नेपाल सरकारले भ्रष्टचार बिरुद्ध र सुशासनको पक्षमा अभियान चलाएको छ । भ्रष्टहरू त्राहीमा बाँचेको बेलामा माओबादी केन्द्र साँच्चिकै पार्टी जस्तो हुनुपर्छ । यो समय सबैले निधार खुम्चाएर सोच्ने बेला आएको छ । २०८० को समयमा नेपालका सबै पार्टीहरूले गिरिजा प्रसाद कोइरालाको २०४८ सरकारदेखि प्रचण्डको २०८० को सरकार सम्मको समिक्षा गर्नुपर्छ । पञ्चायतको समय भन्दा आज आर्थिक गतिबिधी बढेका छ । तर हाम्रो परनिर्भरता पनि बढेको छ । आजको सरकारले भ्रष्टचार बिरुद्धको अभियानमा किन चाल्नु परेको हो ? किन भ्रष्टचारको विषयमा दलहरू यस भन्दा पहिला निर्मम हुन सकेनन् ?
पञ्चायत बिरुद्ध लडेका नेताहरू किन २०४७ पछि ठीक हुन सकेनन ? २०६३ पछि अवस्था किन सुध्रेन ? २०७२ को सम्बिधान अनुसार गठित स्थानीय सरकार बलियो हुँदा पनि किन शुसासनमा स्थानिय सरकार कमजोर बने ? किन कर्मचारीहरू स्थानिय तहमा जान चाहादैनन् ? किन स्थानिय तहमा सरकारको प्रतिनिधी बनेका नेताहरू पहिला र अरू भन्दा फरक बन्न चाहेनन् वा सकेनन् ? अबको समयमा दलका पार्टी कमिटीहरू, पार्टी सदस्यहरू र गाउँतिर नफर्की सिंहदरबार र काठमाण्डौं तिर मात्र फर्के भने देश पक्कै बन्दैन । यी तथ्यहरूलाई मनन गरेर नेकपा माओवादी केन्द्रका नेताहरूले उत्तर दिनु आवश्यक छ ।
२०६३ पछि तपाईंहरू कति पटक सांसद र मन्त्री बन्नु भो ? हिजो सेल्टर लिएका घरमा २०६३ पछि कति पटक पुग्नु भयो ? यी प्रश्नहरूको सही उत्तरमा नै सही विचार सहितको पार्टी निर्माण हुनेछ ।
२०४७ पछि बिकासले फड्को हानेको छ । गाउँमा स्कुलका भवन बनेका छन् तर विद्यार्थी घटेका छन् र स्कुलहरू खाली जस्तै छन् । समस्या कता र किन देखियो भन्ने कुराको सहज उत्तर दिन पर्छ । गाउँमा पुगेको दोजरले बाढी पहिरोले जनजीवन त्रासमा धकलेको छ । तापक्रम बृद्धिका कारण समस्या बढेका छन् र हिमाली क्षेत्रमा समस्या थपिने छन् । पहिलेको समय हेरौं र दुई-तीन पुस्ताअघिका हाम्रा हजुर बा-आमाको समय र दिनसित आजको समय तुलना गर्दा वा २०५२ को समय सित २०८० का गतिबिधीले हामीलाई कता धकेल्दैछ उत्तर दिन माओबादी पार्टी तयार हुनपर्छ । जीवनचर्या साधरण जनताको भन्दा नेता र नेताको परिवारमा किन अतुलनिय रुपमा परेको फरक बारे सोच्ने र मनन गर्ने समय आएको छ ।
अबको समयमा नेताहरूले सम्पत्तिको स्वघोषणा गरेर र सम्पति शङ्कास्पद देखिएमा छानविन गर्ने प्रस्ताव पारित गर्नुपर्छ । पार्टीले पार्टी भित्र शक्तिशाली अनुशासन आयोग गठन गरेर सबै तहका नेताका दम्पती, छोरा-छोरी र नाताहरूको सम्पति र गुनासो उपर सार्वजनिक उजुरीको आहावान गरेर छानबिन र दोषी भए कार्यवाही गर्न तयार हुनुपर्छ । पार्टीमा पदको जिम्मा लिने र फिल्डमा नखटिने नेताको जिम्मेवारी बदलेर अरूलाई पठाउन माओवादी केन्द्र तयार हुनुपर्छ । आजको समयमा पालिका सरकारको काम गर्ने शैली बदलेर र बिज्ञको सल्लहामा चल्ने र यसमा पार्टीको नियन्त्रण रहने ब्यबस्था गरेमा आशा गर्ने ठाउँहरू भेटिने छन् ।
२००६ पछि नेपाल-भारत बिचका असमान सन्धी खारेज गर, र भीमदत्त पन्तको “कित जोत हलो , कित छोड थलो – त्यसो होईन भने तिम्रो छैन भलो” भन्ने नारालाई बोकेर भुईंमान्छेको अधिकार र बिकासको नारा बोकेको पार्टीले २०८० पछि के हुने, कस्तो बन्ने भन्ने प्रश्नहरूको उत्तर दिने गरी छलफल गर्न आवश्यक छ।
विश्वराजनीतिमा १९९० अगाडी दुई धुर्बमा बाँडिएको विश्वराजनीतिमा फेरबदल हुँदैछ । अमेरिका, रूस, चीन, भारत सहितका नयाँ समिकरणले एशिया र दक्षिण एशियाको भूराजनीतिमा फरक हुनपुगेको छ । यो गम्भिर अवस्थामा आवश्यक छलफल गरी समाज परिवर्तन र समृद्धिका लागी पार्टी वास्तवमा पार्टी जस्तो हुनै पर्छ ।
विश्वका धेरै ठाउँमा नेपालीहरू पुगेका छन् । विश्व प्रणालीमा नेपालीहरू बाँधिएका छन् । १९८० पछि विश्व-पुँजीवादले धेरैलाई बाँधेको छ । नेपाली समाजको पुरानो विविधता छ तर सोचमा उबडखावड र उतारचढाव आएको छ। हिजोका श्रमिकहरू अधिकारबिहिन यन्त्र मानिसमा बदलिएका छन् । बदलिएको संरचना र बढेको लगानीका कारण मानिसलाई एउटै मालामा उनेको छ र पनि देशहरूबाट उत्पत्ति हुने श्रमिकका बिचमा बिभेद देखिन्छ ।
त्यसैले आज देशको विकासलाई बृहत् र दीर्घकालीन खाकामा राखेर पार्टीले सोच्नै पर्छ । विस्तारित दृष्टिकोण अवलम्बन गरेर नेपाल सुधार्ने प्रयत्न गर्नु नेपालका पार्टीहरू पार्टी जस्ता बन्नु पर्छ । तसर्थ दृष्टकोण र बिचार सहितको पार्टीले नै संगठन निर्माण गरेर अबको नेपालमा सही नेतृत्व दिन सक्छ भन्ने बुझेमा यो बैठकको औचित्यता प्रमाणित हुनेकुरामा नेताहरू एक मत बन्नु पर्छ । यसबाट मात्र नेपालमा बलियो कम्युनिष्ट पार्टी निर्माण गर्नेछ ।
(लेखक त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनरत हुनुहुन्छ)