सांसदका दुःख : बजेट कम, किताब धेरै
बजेट १० लाख छैन, १० किलाेकाे किताबकाे भारी ! आईतवार संसद भबन बानेश्वरबाट हातभरी किताबकाे भारी लिएर निस्कने अधिकांश सांसदहरूकाे टिप्पणी हाे याे ।
आर्थिक वर्ष २०८०/८१ काे आय व्ययकाे वार्षिक अनुमानमाथि संसदमा छलफल जारी छ । सरकारले १७ खरब ५१ अरबकाे बजेट सार्वजनिक गरेको छ । जनता र मतदाताका अपेक्षा असिमित छन् । प्रतिनिधिसभाका सांसदहरू बजेटमाथि लगातार आफ्ना धारणाहरू राखिरहेका छन् । सांसदहरूले अर्थमन्त्रीले ल्याएकाे बजेट वितरण समानुपातिक नभएको र संघियताकाे मर्म विपरीत रहेकाे जस्ता टिप्पणीहरू गरिरहेका छन् । मन्त्री हुनेहरूले आफ्नाे तजविजमा बजेट विनियोजन गरेकाे भन्दै सांसदहरूले आपत्ति प्रकट गरिरहेका छन् । संघिय सांसदले माग गरेका ५ कराेड भन्दा साना याेजना थिएनन् तर मन्त्रालयहरूले ५ कराेड मागेको ठाउँमा ५ लाख सम्मकाे बजेट दिएर पठाएका छन् । १७ किलोमिटर बाटाे कालाेपत्रे गर्न माग गरेकाे १० लाख बजेट हालेछन्, स्याङ्जाका सांसदले गुनासो गरे ।
संसद भवनबाट बाहिरीँदै गर्दा सांसदहरूले प्रत्येक दिन जसाे पिजन हाेलबाट किताबहरू लिएर निस्कन्छन् । अहिलेसम्म ५० भन्दा बढि किताबहरू एकजना सांसदलाई दिइसकियाे । सचिवालयका एक सदस्यका अनुसार याे क्रम चलिरन्छ ।
सांसदहरूलाई दिइएका कितावहरू छपाईकाे मात्रै हिसाब गर्ने हाे भने कराेडाै खर्च भएको हाेला । अहिले डिजिटल जमाना छ, सफ्ट कपि दिए पनि भैहाल्थ्याे नी दाेलखाका सांसद गंगा कार्कीले भने ।
माओवादी सांसद दुर्गा राई, ज्ञानु बस्नेत र उर्मिला माझीले पनि बजेटमा उल्लेख गरिएका कार्यक्रमहरू समग्रमा राम्रो भएतापनि बजेटकाे वितरण समानुपातिक नभएको र संघियतालाई गिज्याउनेखालकाे भएको टिप्पणी गरे ।
कांग्रेस सांसद गगन थापा, मन्जु खाँड, एमाले सांसद ठाकुर गैरे, स्वतन्त्र सांसद सविता गाैतमले पनि जनताको र मतदाताकाे अपेक्षा पूरा गर्न धेरै कठिन रहेकाे र बजेट बिनियाेजन समानुपातिक नभएको बताए ।