यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
संघियताले फेरिएको धनुषाको मुखियापट्टी मुसहरनिया. मुसहरनिया शब्द नै सामाजिक विभेदको परिचायक जस्तो देखिन्थ्यो। अहिले बेला बदलिएको छ र धनुषा जिल्लामा यो शब्दले नयाँ परिचय पाएको छ, विकास र समृद्धिको परिचायक बनेको छ। हो, कुनै बेला गरिबी, अशिक्षा, अपराध र उपेक्षाको चित्रजस्तो लाग्ने धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका नमुना बनेको छ।. संघीयताको कार्यान्वयनले मुलुकमा के कस्ता परिवर्तन ल्यायो र स्थानीय सरकारले कसरी जनतालाई सुशासनको प्रत्याभूति गर्न सक्छ भन्ने उदाहरण मुखियापट्टी मुसहरनिया बनेको छ ।. मुसहरनिया भन्नेबित्तिकै मुसहर समुदायमा महिलालाई हेपेर प्रयोग गरिने शब्दको रूपमा लिइन्छ । त्यसैले पनि यस गाउँपालिकाको नाम देशैभरि पिछडिएको र सुगम क्षेत्रको दुर्गम गाउँपालिकाको रूपमा प्रचलित छ । तस्करी, आपराधिक गतिविधि, अशिक्षा, बाढीग्रस्त क्षेत्रलगायत विभिन्न उपनामले पहिचान बनाएको छ । यसरी चिनिने यो गाउँपालिका पछिल्लो समय आफ्नो हेपिएको पहिचानलाई परिवर्तन गर्न प्रत्यनशील छ ।. अहिले गाउँमा पक्की सडकको सञ्जाल जताततै देखिन्छ। आखिर विकासको पहिलो पूर्वाधार त्यही हो। जब कि धूलो र हिजोयुक्त बाटाहरू यो गाउँभरि थिए। जिल्ला सदरमुकामबाट केवल १८ किलोमिटरमा रहेर पनि आधा दिनै जानेजस्तो कठिन यात्रा गर्नुपर्ने दिनको अन्त्य गाउँपालिकाले गर्न सकेको छ। सडक पुगेपछि गाउँका कृषि उपजले बजार पाएको छ।. हिजोआजकै कुरा गर्ने हो भने देशभरका पालिकाहरूमा सामुदायिक विद्यालयका शिक्षक आन्दोलित छन् र विद्यालयमा पठनपाठन ठप्प छ। मुखियापट्टी मुसहरनियाका विद्यालयमा धमाधम पढाइ भइरहेको छ। यो गाउँपालिकाकै पहलको परिणाम हो। १०० जना करार शिक्षक र १३ जना शिक्षा परिचालकको व्यवस्थापन पालिकाले गरेको छ। सोही कारण कक्षा निर्वाध चलेका छन्।. विद्यालयहरूमा निःशुल्क किताब, कापी, पोसाक र बस सेवाले सामुदायिक विद्यालयमा बालबालिकाको आकर्षण बढाएको छ।. सामुदायिक विद्यालयहरूमा निजी विद्यालयभन्दा पनि राम्रो शिक्षा दिन सकिन्छ भन्ने उदाहरण यही पालिकाले स्थापित गरेको छ । शिक्षामा अरू पनि गतिला काम भएका छन्। स्वास्थ्यको कुरा गर्दा गाउँमै १५ शड्ढयाको अस्पताल स्थापना भएको छ। सानोतिनो दुःखबिमार पर्दा जिल्ला सदरमुकाम धाउनुपर्ने अवस्था गाउँमा नभएको खबर अन्नपुर्णमा छ ।.
संघियताले फेरिएको धनुषाको मुखियापट्टी मुसहरनिया
मूलखबर संवाददाता
काठमाडौं, २३ बैसाख
मुसहरनिया शब्द नै सामाजिक विभेदको परिचायक जस्तो देखिन्थ्यो। अहिले बेला बदलिएको छ र धनुषा जिल्लामा यो शब्दले नयाँ परिचय पाएको छ, विकास र समृद्धिको परिचायक बनेको छ। हो, कुनै बेला गरिबी, अशिक्षा, अपराध र उपेक्षाको चित्रजस्तो लाग्ने धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका नमुना बनेको छ।
संघीयताको कार्यान्वयनले मुलुकमा के कस्ता परिवर्तन ल्यायो र स्थानीय सरकारले कसरी जनतालाई सुशासनको प्रत्याभूति गर्न सक्छ भन्ने उदाहरण मुखियापट्टी मुसहरनिया बनेको छ ।
मुसहरनिया भन्नेबित्तिकै मुसहर समुदायमा महिलालाई हेपेर प्रयोग गरिने शब्दको रूपमा लिइन्छ । त्यसैले पनि यस गाउँपालिकाको नाम देशैभरि पिछडिएको र सुगम क्षेत्रको दुर्गम गाउँपालिकाको रूपमा प्रचलित छ । तस्करी, आपराधिक गतिविधि, अशिक्षा, बाढीग्रस्त क्षेत्रलगायत विभिन्न उपनामले पहिचान बनाएको छ । यसरी चिनिने यो गाउँपालिका पछिल्लो समय आफ्नो हेपिएको पहिचानलाई परिवर्तन गर्न प्रत्यनशील छ ।
अहिले गाउँमा पक्की सडकको सञ्जाल जताततै देखिन्छ। आखिर विकासको पहिलो पूर्वाधार त्यही हो। जब कि धूलो र हिजोयुक्त बाटाहरू यो गाउँभरि थिए। जिल्ला सदरमुकामबाट केवल १८ किलोमिटरमा रहेर पनि आधा दिनै जानेजस्तो कठिन यात्रा गर्नुपर्ने दिनको अन्त्य गाउँपालिकाले गर्न सकेको छ। सडक पुगेपछि गाउँका कृषि उपजले बजार पाएको छ।
हिजोआजकै कुरा गर्ने हो भने देशभरका पालिकाहरूमा सामुदायिक विद्यालयका शिक्षक आन्दोलित छन् र विद्यालयमा पठनपाठन ठप्प छ। मुखियापट्टी मुसहरनियाका विद्यालयमा धमाधम पढाइ भइरहेको छ। यो गाउँपालिकाकै पहलको परिणाम हो। १०० जना करार शिक्षक र १३ जना शिक्षा परिचालकको व्यवस्थापन पालिकाले गरेको छ। सोही कारण कक्षा निर्वाध चलेका छन्।
विद्यालयहरूमा निःशुल्क किताब, कापी, पोसाक र बस सेवाले सामुदायिक विद्यालयमा बालबालिकाको आकर्षण बढाएको छ।
सामुदायिक विद्यालयहरूमा निजी विद्यालयभन्दा पनि राम्रो शिक्षा दिन सकिन्छ भन्ने उदाहरण यही पालिकाले स्थापित गरेको छ । शिक्षामा अरू पनि गतिला काम भएका छन्। स्वास्थ्यको कुरा गर्दा गाउँमै १५ शड्ढयाको अस्पताल स्थापना भएको छ। सानोतिनो दुःखबिमार पर्दा जिल्ला सदरमुकाम धाउनुपर्ने अवस्था गाउँमा नभएको खबर अन्नपुर्णमा छ ।