सांसद बाँकोटाको आरोप: सत्तापक्ष आरोप-प्रत्यारोपमा उत्रियो
नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सत्तापक्षलाई आरोप-प्रत्यारोपमा नउत्रन आग्रह गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उनले सत्तापक्षले यसलाई गहनतापूर्वक लिनुपर्नेमा आरोप-प्रत्यारोप र विपक्षीलाई तेजोबध गर्न उत्रिएको आरोप लगाए ।
सांसद बाँस्कोटाले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउन हालसम्मका सरकारले के-के गरे ? के एमाले बाधक हो ? भन्दै यसवर्ष किसानले मल पाउन लाइन लाग्न नपरोस् भनेका छन् ।