नीति कार्यक्रममा खानेपानीबारे के भनिएको छ ?

मूलखबर संवाददाता
काठमाडौं, ५ जेठ

सरकारले एक घर एक धारा कार्यक्रमलाई निरन्तरता दिँदै जलवायु अनुकुलन खानेपानी प्रणालीको विकास गर्ने बताएको छ ।

राष्ट्रपतिद्वारा सदनमा प्रस्तुत नीति कार्यक्रममा साे उल्लेख गरिएको हाे ।

नीति तथा कार्यक्रममा भनिएको छ-

भूमिगत र सतह स्रोतहरूको संरक्षण गर्दै ‘एक घर एक धारा’ कार्यक्रमको निरन्तरतासहित जलवायु अनुकूलन खानेपानी प्रणालीको विकास गरिनेछ।

खानेपानीका प्राकृतिक मुहानहरूको संरक्षण तथा प्रवर्द्धन गरिनेछ। मेलम्ची खानेपानी आयोजनालाई दिगो र बाह्रै महिना सञ्‍चालन गरी दोस्रो चरणको निर्माण कार्य अघि बढाइनेछ। निजी क्षेत्रबाट उत्पादन र वितरण भइरहेको खानेपानीको गुणस्तर सुनिश्‍चित गर्न प्रभावकारी अनुगमन गरिनेछ।

मधेश प्रदेशलगायत तराईका विभिन्‍न जिल्लामा गुणस्तरीय खानेपानीका लागि आर्सेनिक न्यूनीकरणका कार्यक्रम प्रभावकारी रूपमा सञ्‍चालन गरिनेछ।