सदनका महिला नेतृहरुलाई खराे प्रश्न

गिता पनेरू(मुक्ति बिहानी)
काठमाडौं

नेपाल संघीय लाेकतान्त्रिक गणतन्त्रमा रूपान्तरण भएपछि बनेको प्रतिनिधिसभा र राष्ट्रिय सभामा महिलाहरूकाे उपस्थिति विगतकाे तुलनामा धेरै छ । तर संविधानमा व्यवस्था भएको ३३% महिलाकाे सदनमा सहभागीता देखिएपनि महिलाकाे पक्षमा महिलाहरूकाे आवाज भने सुन्न पाइएकाे छैन ।

सदनमा पुगेपछि महिलाको आवाज किन बन्द हुने रहेछ, कुन्नि, त्याे फ्याक्ट्री नै त्यस्तो रहेछ कि ? त्यहाँ नपुगुन्जेल मात्रै समानुपातिक समावेशीता र समानताको आवाज निस्किने अनि त्यहा पुग्नेबित्तिकै आवाज नै बन्द हुने ? ३३ प्रतिशत महिलाको स्थान कहाँ छ, खाेज्नुपर्दैन ? देशकाे सबैभन्दा उच्चस्तरीय संयन्त्र सन्सारकै ध्यानाकर्षण हुने स्थानमा पनि किन यस्तो विभेद ?  छर्लङ्ग देखिने गरि भएको यस्तो निर्णयले संविधानकाे रक्षा गर्ला त ? स्थानीय निकाय सङ्घ र प्रदेशहरुमा त ल महिलाले प्रतिस्पर्धा गर्न सकेनन् या भएनन्, मानियाे, सहियाे तर जहाँ देशैभरिका राजनीतिक पार्टीबाट अग्रणी भुमिकामा रहेर जितेर या जिताएर गएका महिलाको उपस्थिति छ, लड्नुपर्दैन ? महिलाकाे लागि चाहे पात्र जाे सुकै हाेस्, नेपालमा महिला मुक्तिकाे लडाइँ गर्नुपर्दैन महिला महासय, पुग्याे अब ? प्रश्न सदनमा पुगेका महिला नेताहरूलाई साेध्न मन लाग्याे, के अब सम्बिधानमा लेखिएको भरमा हाम्रो देशमा महिला समानता आएकै हाे त ? यदि हैन,भने छाेड्नुस् त्याे लाजलाई पनि लाज लाग्ने कुर्चि र आउनुस् फेरि १ पटक पार्टीगत मानसिकतालाई त्यागेर समानताको नारा लगाउन सडकमा । कासन गर्नुस्त तपाईंका महिला सङ्गठनहरुलाई एकताबद्द भएर पराधिनताकाे जालाे तलैबाट च्यात्नका लागि। जसाे-जसाे बाहुन बाजे उसै-उसै स्वाहा भने झै तपाईंका पार्टीले र तपाईं का नेता ले जे-जे भन्नुहुन्छ,मान्दै जानुछ भने त तपाईं फर्केर आ-आफ्नै घरका श्रीमानले भनेको मानेर बस्नुस्, खुरुखुरु पेशा व्यवसाय गर्नुस्, हैन भने हामीले पनि सुन्ने गरेर सदनमा आवाज बुलन्द गर्नुस्।

महिलाको अधिकार कागजमा सिमित गरेर हुदैन, पहिले तपाईंहरुकाे मगजमा उतार्नुस्, कन्ठ गर्नुस् र सदनमा चिच्याएर बाेल्नुस्, हैन भने जनयुद्ध र जनआन्दाेलनमा लागेर ज्यान गुमाएका महान् शहिदहरुकाे रगतले हामीलाई पाेल्नेछ । उहाँहरुकाे सपनाले रातदिन झस्काउनेछ तपाईं हामी सबैलाई पश्चातापकाे पिडाले पाेल्नेछ।

अहिले देखि नै तपाईं महिला नेताहरु सचेत बन्नुभएन भने अब आउने दिनहरुमा गाउँ पालिका,नगरपालिका र प्रदेश हरुमा मात्रै हाेईन तपाईंहरुकै सदनको जुन स्थान छ त्यहाँ नै महिलाको अस्तित्व खाेज्नुपर्ने हुनसक्छ हेक्का रहाेस्, तपाईंहरु ननिदाउनुस्, नसुत्नुस्, आवाज उठाउनुस्, अधिकार मागेर पाईदैन, खासेरै लिनुपर्छ, तपाईंहरुले पाएर मात्रै पनि हुदैन, देशका हरेक तह र तप्काका महिला दिदिबहिनीहरुले पाउनुपर्छ  । त्यसैकाे लागि तपाईंहरुले प्रतिनिधित्व गर्नुभएको छ। त्यसैले आफ्नो काम,कर्तव्य र जिम्मेवारी सङ्गै महिलाकाे समान अधिकारकाे कुरालाई कहल्यै नभुल्नुहाेला। धन्यवाद ।