प्रधानमन्त्री प्रचण्डलाई विश्वासको अत्यधिक मत प्राप्त :१७२ सांसदले दिए मत
संघिय लाेकतान्त्रिक गणतन्त्र नेपालकाे प्रधानमन्त्रीकाे रूपमा तेस्रोपटक कार्यभार सम्हाल्नुभएकाे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत पाउनुभएकाे छ ।
सोमबारकाे प्रतिनिधिसभाकाे बैठकमा प्रधानमन्त्रीले आफूलाई प्रतिनिधिसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा १७२ सांसदले समर्थन जनाएका छन् । मत विभाजनमा ८९ सांसदले उक्त प्रस्तावको विपक्षमा मत दिएका थिए भने १ जना तटस्थ देखिएका थिए । मतदानमा २६२ सांसदले भाग लिएका थिए ।
सोमबार प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाका सांसद र स्वतन्त्र सांसदहरु प्रभु साह, अमरेशकुमार सिंहलगायतले विश्वासको मत दिए ।