जनयुद्धका सहिदहरू राष्ट्रिय सहिदकाे रूपमा राजपत्रमा प्रकाशित
सरकारले जनयुद्धका क्रममा सहादत भएका ८३७१ जना सहिदहरूलाई राष्ट्रिय सहिदकाे रूपमा राजपत्रमा प्रकाशित गरेकोे छ ।
सरकारले २०७९/११/१५ को मन्त्रीपरिषदको निर्णय अनुसार २०७९/११/२९ को राजपत्रमा प्रकाशित गरेको छ।
सहिदको विवरण राजपत्रमा प्रकाशित
******* ****** *******
जनयुद्ध र जनआन्दोलनको क्रममा सहादत प्राप्त गर्ने महान सहिदको सम्मान गर्दै विभिन्न मितिमा सहिद घोषणा गरेका ८३७१ जना सहिदको विवरण नेपाल सरकारले २०७९/११/१५ को मन्त्रीपरिषदको निर्णय अनुसार २०७९/११/२९ को राजपत्रमा प्रकाशित गरेको छ।
घोषणा भएका कतिपय सहिदको विवरणमा केही अस्पष्टता देखिएकोले त्यसलाई राजपत्रमा प्रकाशित गर्नु पुर्व सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट स्पष्ट गरि पेश गर्नु पर्ने भएकोले छुट लिस्ट केहि दिन भित्र निर्णय गरि पुनः प्रकाशन गरिने प्रधानमन्त्रीकाे सचिवालयले जनाएको छ।
सहिदकाे विवरण तलकाे लिंकमा हेर्न सकिन्छ ।
http://rajpatra.dop.gov.np/welcome/book/?ref=25221
#Maoist #धन्यवाद_प्रधानमन्त्री_प्रचण्ड