युद्वलाई शान्तिमा बदल्ने प्रचण्ड कसरी हुनसक्छन् अपराधी ?

श्रीकृष्ण अधिकारी (बिबेक)
काठमाडौं

मानव जातिको अस्तित्व र अधिकारको विश्व ईतिहास युद्धको इतिहास हो । पौरााणिक कथामा भनिए अनुसार द्वापर युगमा भगवान श्रीकृष्णको मार्गदर्शनमा भएको महाभारत युध्दकथा देखि, मानव सभ्यता र बलिदानको ईतिहासमा प्रथम दाश बिद्रोह हुँदै पछिल्लो सिरिया रूस युध्द दुनियाँमा आजसम्म चलिरहेका युध्दहरू नापे तौलेजस्तो बिनाक्षती कतै सफल भएको छैन । दास प्रथाको आरंम्भवाट सुरुवात हुँदै आएको बर्ग बिभाजित समाज पहिलो पटक मानिस जंगलवाट पशुपालनको प्रकियामा प्रबेश गरेसंगै बर्ग बिभाजनको बिजारोपण भयो । मानवले जीउनका लागि पहिला प्रकृतिसंग संघर्ष ग¥यो । उत्पादनको बितरण प्रकृयामा बिभेद पैदा भयो । श्रमको शोषण र लुटपाट सूरु भयो । समाजमा श्रम गर्ने र श्रम नगर्नेका बीचमा भेदभाव पैदा भयो ।यसरी बर्ग जन्मायो र गरि खाने र बसि खानेका बीचमा बर्ग बिभाजीत हुँदै आयो र न्याय र मुक्तीको लागि बिद्रोहको चेतनाको बिकाश गरायो । उत्पादन र सामाजिक बर्ग संघर्षमा बैज्ञानिक प्रयोग र बिकाश बिना मानव जातिको बिकाशको गति बर्बताको युगवाट आजको सभ्य र आधुनिक युगमा आईपुग्न सम्भव थिएन । मानव जातिको बिकाशको ईतिहासमा संगठितरुपमा संसार हल्लाउने गरि भएका बिद्रोह र बलिदानका गाथाहरु पल्टाएर हेर्दा इसापूर्व रोममा भएको दास विद्रोहमा दाश मालिकहरुले झण्डै ६५,००० दासहरूको हत्या गरेका थिए । दाशहरुको रगतवाट बर्बरतापूर्ण युग दास प्रथाको अत्यगरि सामन्तवादको उदय भएको थियो । सामन्तवादी निरंकुसतावाट छुटकारा पाउनका लागि सन् १६२८–१६५८ मा भएको बेलायतको गौरवमय क्रान्तिमा हजारौं किसानहरूले रगतवाट पुँजिवादी लोकतान्त्रिक प्रणालीको भ्रुणको जन्म र बिकाश गरायो । सन् १७६३–१७८२ मा अमेरिकामा भएको स्वतन्त्रता संग्राममा हजारौं अमेरिका नागरिकको बलिदानी भयो, जसको परिणाम ब्रिटिसले घुँडा टेकेपछिमात्र अमेरिका स्वतन्त्र भएको हो । सन् १७८९–१७९९ मा भएको फ्रान्सेली राज्य क्रान्तिमा हजारौं नागरिकले बलिदानी दिए, जसको परिणामस्वरूप विश्वमा उदार पूँजिवादी लोकतन्त्रको उदय भयो । सन् १८६०–१८६५ मा अमेरिकाको दोस्रो क्रान्तिमा हजारौं अश्वेतहरूले बलिदानी दिए, जसको परिणाम रंगभेदी व्यवस्थाको अन्त्य भयो । सन् १८७१ मा भएको पेरिस कम्युनमा २७ हजार क्रान्तिकारीहरूको बलिदानी भयो, जसले संसारलाई समाजवादी राज्यको झिल्को दियो । सन् १९१७ मा भएको रूसी समाजवादी क्रान्तिमा ३५ लाख बोल्सेभिकहरूले बलिदानी गरे, जसको परिणाम विश्वमा समाजवादको झण्डा फहरायो । सन् १९४७ मा भारतमा भएको स्वतन्त्रता संग्राममा २ देखि १० लाख भारतीय नागरिकको बलिदानी भएको अनुमान छ, जसको परिणाम भारत ब्रिटिसको पञ्जाबाट मुक्त भयो । सन् १९४९ मा चीनमा भएको नयाँ जनवादी क्रान्तिमा लाखौं मजदुर–किसानले बलिदानी गरे, जसको परिणाम चीनमा जापानी साम्राज्यवाद पराजित भयो र नयाँ जनवादी क्रान्ति सम्पन्न भयो। सन् १९७५ मा भियतनाममा भएको क्रान्तिमा ३० लाख भियतनामी जनताको बलिदानी भयो । जसको परिणाम भियतनामले अमेरिकालाई परास्त गर्दै स्वतन्त्र बन्यो । उपरोक्त युध्द र बलिदानका भिमकाय दृष्टान्तहरु हेराैं ।

दुनियाँका आजसम्मका बर्ग पक्षधरताको संघर्षमा रगत श्रमजीबी उत्पीडित बर्ग नै धेरै बगेको छ । मानवसमाजको चेतना र बिकासमा ठुलो फड्को र गति ल्याएको छ । नेपालमा २००७ सालमा हतियार उठ्यो । झापा बिद्रोहमा हतियार उठ्यो त्यसले राजनीतिक निकाश ल्याउन सकेन । २००७ साल, २०३६ साल र २०४६/४७ सालको जनआन्दोलनवाट पनि जनताले परिवर्तनको अनुभुित गर्न सकेन । समस्याको शान्तिपूर्ण समाधान खोज्न राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग सम्बन्ध ४० सुत्रीय शान्तिपूर्ण माग लिएर तात्कालीन राजतन्त्रात्मक संसदीय बहुदलिय राज्य सत्ताको ढोकामा ढक्ढक्याउन पुग्दा राजतन्त्रात्मक संसदीय सरकारले ठाडै लत्याएपछि माओवादी जनयुध्दमा जान बाध्य भयो ।
२०५२ साल फाल्गुन १ बाट सुरु भएको १० वर्षे महान जनयुद्ध, २०६२/६३ सालको दोश्रो ऐतिहासिक जनान्दोलनवाट संघिय लोकतन्त्रिक गणतन्त्र स्थापना भयो । जनयुद्ध र जनआन्दोलनको जगमा सम्पन्न भएको वृहद शान्ति सम्झौता अन्तरिम संविधान, पहिलो र दोश्रो पटक सम्पन्न संविधानसभाको निर्वाचन तथा संविधानसभाबाट निर्मित संघियता, धर्मनिरपेक्षता, समावेशी, समानुपातिक, संघिय लोकतान्त्रिक गणतन्त्र र वर्तमान नेपालको संविधान निर्माण संगै अग्रगमन पक्षधर नेपाली जनताले राजनीतिक परिवर्तनको अनुभुत गर्यो । युगीन परिवर्तनको अग्रगामी उपलब्धिहरु स्थापित गर्न निर्णायक नेतृत्व गर्ने हाम्रो पार्टीका अध्यक्ष कमरेड प्रचण्डको पहलकदमीलाई बिश्वले गौरवका साथ हेरेको छ ।

जनयुध्दमा पुरानो सत्ताबाट दमन, हत्या, बलात्कारका घटनाहरु श्रृखलाध्द घटाईएका हजाराैं प्रमाणहरु नेपाली जनता र बिश्व सामु छर्लंग छ । दुनियाँमा भएका युध्दहरुको तुलनामा नेपालको जनयुध्दमा मानबीय क्षतीहरु निकै कम भएको छ । ठुले राई हरु जस्ता दर्जनाैंलाई माओवादीले स–सम्मान फूलमाला लगाएर रिहा गरेर मानव अधिकारको सम्मान गरेको छ । कम क्षति होस् भन्नका लागि अधिक कोशिस भएका घटनाहरु छन् । सशस्त्र वा शान्तिपूर्ण युध्द वा शान्तिपुर्ण भनिएका आन्दोलनहरु २०६२/२०६३ को जनआन्दोलनमा परस्पर बिपरित शक्ति आमने–सामने भएको अवस्थामा एकले अर्कामाथी क्षति नगरेको, एक–अर्का तर्फ रगत नबगेको एउटा उदाहरण कतै छैन । जतावाट चले पनि युध्दमा चल्ने औजार र हतियारले पक्ष बिपक्ष छुट्याउन सक्ने बिषय होइन ।

मानव समाज विकाश प्रकृयामा आजका मिति सम्म मुलभूतरूपमा दुनियाँका कुनैपनि देशका राजनीतिक परिवर्तनहरूमा रगत नबगेको बलिदान नभएको इतिहास छैन । अमेरिकी स्वतन्त्रता संग्राम देखि प्रथम र दोस्रो विश्व युध्द, भारत, युरोप, रूस, चीन, कोरिया, भियतनाम, पेरु, फिलिपिन्स,टर्की, मलाया लगायतका मुलकहरुको तुलनामा नेपालमा कम क्षतीमा युगिन राजनीतिक परिवर्तन भएको दृष्टान्त सारा विश्वले अनुभुत गरेको छ ।

बिश्वका हरेक मुलुकहरुमा परिवर्तनप्रति गर्व गर्ने गरिन्छ । बलिदानीको सम्मान र कदर गरिन्छ । तर, बिडम्बना जनयुद्धले ल्याई दिएको उपलब्धिमा घुँडा धसेर तरमार्ने प्रतिगामी र पुनरुत्थानवादीहरु जनयुध्द, शान्ति र संबिधानको नेतृत्व प्रचण्डका बिरुद्व नीचताको पराकाष्टामा पुगेर अराजानितिक, अप्राकृतिक कुतर्क गरिरहेका छन् । कमरेड प्रचण्डले २०७२ को संविधानले दिएको वाक स्वतन्त्रताको उपभोग गरी अमुक सार्वजनिक कार्यक्रमहरुमा व्यक्त गरेको राजनीतिक विचारलाई अतिरन्जना गरिे कलुषित पुर्वग्राही भावनाले ग्रसित भई दर्ज गर्न लगाएका रिट निवेदन न्यायिक पुनरावलोकनको सामान्य सिध्दान्त र वर्तमान नेपालको संविधानले प्रदान गरेको विचार र अभिव्यक्ति स्वतन्त्रता विरुध्द छ । नेपालको ईतिहासमा शाह राजाहरूले शान्तिवार्ता गर्न मीत लगाउँ आउ भन्दै झुक्याएर तामाङ घले राजाहरूलाई चेपेको किनारमा बोलाएर छपाछप काट्नु ईतिहासको महान कार्य हुने ? किर्तिपुरका जनताको नाक कान काट्ने, बलात्कार गर्न लगाउने पृथ्वीनारायण शाह महान राष्ट्र पिता हुने ? कोतपर्व र भण्डारखाल पर्वमा बलात्कार, हत्या गर्ने सामन्तहरू महान हुने, छिन्ताङ, पिस्कर हत्याकाण्ड, सुनिता–नमिता हत्याकाण्ड मच्चाउने मण्डलेहरू महान हुने ? जनयुध्द नहुँदै रोल्पा–रूकुमका जनतामाथि दमन, धरपकड स्वेत आतङ्क मच्चाउनेहरू महान हुने ? जनयुध्द यता रोमियो अप्रेशन, किलो सियाराटु अप्रेशन, जङ्गल सर्च अप्रेशनमा निहत्था माओवादी जनतालाई खोजि खोजी मार्न लगाउने, टाउकाको मूल्य तोक्ने निहत्था जनताको घरमा आगो झोस्न लगाएर, जलाएर मार्ने, लुट्ने, बलात्कार गर्ने, लुट, दमन र हत्याको स्वतः आतङ्क मच्चाउन लगाउनेहरू चाहिँ महान हुने ? निहत्था जनतालाई दमन गर्न नमान्ने शाही सेना र प्रहरिहरूले भित्रभित्रै उनीहरूवाट कति यातना खान परेको थियो ? कतिले जागिरवाट हातधुन बाध्य बनाउनेहरुको ज्यादती चाँहि महान कार्य हुने ? झापामा धर्मराजकाे टाउको काट्ने केपी ओली चाहिँ महान ? जनयुध्दलाई शान्तिमा बदल्ने प्रचण्ड चाहिँ हत्यारा र अपराधी हुने ? शान्ति र संबिधान बिरोधीहरु र तिनका मतियारहरुको हदैसम्मको निचता पाखण्डतापुर्ण सोच, चिन्तन र ब्यवहारको भद्दा नमुना अन्त कतै भेटिन्छ र ?

श्रीमान, हिजो युध्द थोपरेर हतियारको कमिसन खान पल्किएकाहरू, परिवर्तन उल्ट्याएर शान्ति खलबल्याउन लाग्नेहरुलाई मुद्दा लाग्न पर्दैन ? युध्दलाई शान्तिमा र संबिधानमा बदल्ने र स्थायी शान्तिलाई बिकाश आार्थिक संबृध्दिमा बदल्ने प्रचण्डलाई चाहिँ मुध्दा हाल्ने यो कुन प्राकृतिक न्याय हो ? जनयुध्द र जनआन्दोलनको जगमा बृहद शान्ति संझौंता पछि लेखिएको २०७२ संबिधानले जनयुध्दको नेतृत्व गरे वापत प्रचण्डलाई मुध्दा लगाउनु भनेर कहाँनिर लेखिएको छ श्रीमान् ? प्रचण्डले नचाहेको भए शान्ति सम्भव थियो ? आजसम्म कतिलाख नेपालीको रगतको खोला बगेको हुन्थ्यो ? नेपाल आर्थिक अवस्था कस्तो हुन्थ्यो ? दस हजार रेगुलर सेना भएको पार्टी, ७० प्रतिसत भुभाग नियन्त्रण गर्न सक्ने पार्टी, एकतर्फी युद्वबिराम गर्दै शान्ति वार्तामा आएको होईन र युद्वलाई शान्तिमा बदल्नु अपराध हो ? सत्यनिरूपण र मेलमिलापकाे तरिकाबाट समस्या समाधान गरौं भन्नू अपराध हो र ? राष्ट्रियता, जनतन्त्र र जनजीबिकाको शान्तिपुर्ण ४० सुत्रिय माग लिएर राजतन्त्रात्मक संसदीय सरकारको ढोका ढक्ढक्याउन गएको माओवादीलाई घोक्य्राएर बिद्रोहमा धकेल्नेहरुहरुलाई शान्तिका पुजारी भन्न मिल्छ ? दुईपटको शान्तिवार्ता सफल हुन नदिनेहरू युद्व पिपासु हुन् की ? युध्दलाई शान्तिमा बदल्ने प्रचण्ड ? अनि स्थायी शान्ति भाड्न चाहने प्रतिगामी पुनरस्थानवादीहरू चाहिँ महान भएर जनयुध्दको उपलब्धिमा डकारिरहने अनि प्रचण्ड जेल जान पर्ने ? संविधानको कुन चाहिँ धारामा लेखिएको छ श्रीमान ? शान्तिपुर्ण माग लिएर गएको माओवादीलाई युध्दमा धकेल्न बिवस पार्ने, १७,००० काे रगत बग्ने ग्राउण्ड तयार पार्ने शान्ति भाड्न संविधान मास्न अनेकन खेल गर्ने ज्ञानेन्द्र देखि केपी ओली सम्म जेल जान पर्ने कि पर्ने ? श्रीमान हामी नेपाली जनतासँग तात्कालिन राजतन्त्रात्मक संसदीय ब्यवस्थाले गरेका दमन, हत्या, लुटपाट र बलात्कारका हजारौ हजार उजुरीहरू छन् । जनयुध्दमा हजाराैं माओवादी कार्यकर्ताको तात्कालिन राज्यपक्षवाट हत्या भएको छ । हजारौं बेपत्ता पारिएका छन् । हजारौ हजार घाईते र अपाङ्ग भएका छन् । दुबै तर्फको क्षती र बलिदानको प्रतिफल संघिय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य ब्यवस्था र बर्तमान संविधान जनयुध्दको राजनीतिक उपलब्धिहरु ठिक र बैध हुने ? उपलब्धि स्थापित गर्न निर्णायक योगदान र नेतृत्व लिने शान्ति र संबिधानका हस्ताक्षरकर्ता प्रचण्ड बेठिक भन्नु पुर्वग्रह र निचताको पराकास्ठा नाघ्नु हो ।

अन्त्यमा, जतिसुकै तितो लागे पनि सत्य यहि हो, हुन पर्छ । जनयुध्दलाई शान्ति र संबिधानमा बदल्ने शान्ति र संबिधान जगवाट सुसाशन, बिकाश संबृध्दि हासिल गर्दै नेपाली जनताको आर्थिक जीवनलाई माथि उठाउँदै समाजवादद्वारा नेपाली जनताको भाग्य र भबिष्य चम्काउने कमरेड प्रचण्डको संकल्पवाट प्रतिगामी र पुनरुत्थानवादीहरू डराएकै हुन् युध्दलाई शान्तिमा बदल्न सक्ने प्रचण्डले सुसाशन, स्थिरता, बिकाश र संम्बृद्वि पनि सफल पर्छ । राष्ट्रिय एकताको सुत्र खोज्छ । सापेक्ष स्थिर बनाउदै लान्छ । शान्ति सुदृढ पार्छ । छिमेकीहरुसंगको सम्वन्धलाई सन्तुिलत पार्छ । संघिय लोकतान्त्रिक गणतन्त्र र वर्तमान संविधानलाई मजबुत पार्छ । पच्चशिलताको सिध्दान्तका आधारमा बैदेशिक संबन्धलाई सुदृढ पार्छ । भ्रष्टचार घटाउछ । आर्थिक बृध्दिदर बढाउँछ । आधारभुत जनजीवनमा सुधार ल्याउन शिक्षा, स्वास्थ र कृषि उत्पादनमा बढवा दिन्छ । रोजगारको आधार खडा गर्छ । जलबिद्युत र पर्यटन बृध्दि गरी बिकाश र संम्बृद्वि माथी उठाउँछ । भ्रष्टचार, अवचलन हटाउदै शुसासनको प्रत्याभुित गराउँछ । सामाजिक न्याय र संम्बृध्द अर्थतन्त्र बिकाश गरी समाजवादको आधार बनाउँछ । नेपालीहरू आफ्नै भूमिमा श्रम, सिप, पौरख र पसिनामा बाँच्न सक्ने गरी स्वरोजगारका आधारहरु खडा गरी स्व–निर्भर, स्वावलम्बी र राष्ट्रिय अस्मिता प्रेमी नेपाली बनाउँछ भन्ने चिन्ताले उनीहरूको निंद हराम भएको छ । प्रचण्डलाई ठेगाना लगाउन पाए शान्ति खलबलिएर अस्थिरता मौलाउने वातावरण बन्थ्यो र परिवर्तन उल्टाएर आफ्नो पुनरुत्थानकारी कुम्ला कुटुराहरु फिजाउन पाईन्थ्यो भन्ने शिवाय लिङ्देन, केपी शर्मा ओलीहरुको ध्यान अन्यत्र गएको देखिदैन । शान्ति प्रकृयालाई छिटो निष्कर्शमा पुर्याएर अग्रगामी परिवर्तनको रक्षा र स्थायी शान्ति, बिकास संम्बृिध्द र समाजवादको लागि कमरेड प्रचण्डको अगुवाईमा अगाडि बढ्न माओवादी आन्दोलनका सबै धाराहरु र बर्तमान संबिधानको रक्षा र अग्रगामी बिकासको मार्गमा बिश्वास गर्ने सबै लोकतन्त्रवादी पार्टी र शक्तिहरु एकजुट भएर अगाडि बढनु आजको बस्तुगत आवश्यकता हो । जनयुध्दमा रगत धेरै माओवादी र श्रमजीबी जनताको बगेको छ । श्रमजीबी जनताले नै परिवर्तनको रक्षा र बिकास सम्भव तुल्याएर गौरवपुर्ण ईतिहास रच्दै अगाडि बढने छन् । कमरेड प्रचण्ड जिन्दावाद !

(लेखक नेकपा माओवादी केन्द्रकाे सम्पर्क समन्वय समिति अध्यक्ष हुन्)