नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बधाई दिनुभएको छ। राष्ट्रपति पदमा विजयी हुनुभएका पौडेललाई सङ्घीय संसद् भवन नयाँबानेश्वर पुगेर प्रधानमन्त्री प्रचण्डले बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको हो।
नवनिर्वाचित राष्ट्रपति पौडेललाई पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्व प्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले बधाई तथा शुभकामना दिनुभएको छ। बिहीबार भएको राष्ट्रपतिको मतदानमा पूर्व सभामुख एवम् नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित हुनुभएको हो। उहाँ ३३ हजार ८०२ मत भारसहित निर्वाचित हुनुभएको हो।
राष्ट्रपति पदका अर्का उम्मेदवार पूर्व सभामुख एवम् नेकपा (एमाले) उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले भने १५ हजार ५१८ मत भार पाउनुभएको छ।
रामचन्द्र पौडेल राष्ट्रपति पदमा विजयी हुनुभएपछि बिहीबार संघिय संसद भवन नयाँ बानेश्वरमा प्रमाणपत्र वितरण समारोहमा सहभागी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ , नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, विभिन्न दलका शिर्ष नेताहरु, निर्वाचन आयोगका आयुक्तहरुलगायत। तस्बिरः रत्न श्रेष्ठ/राससराष्ट्रपति पदमा विजयी हुनुभएपछि रामचन्द्र पौडेललाई बिहीबार बधाई तथा सफल कार्यकालको शुभकामना दिनुहँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिरः प्रदीपराज वन्त/राससरामचन्द्र पौडेल राष्ट्रपति पदमा विजयी हुनुभएपछि बिहीबार संघिय संसद भवन नयाँ बानेश्वरमा प्रमाणपत्र वितरण समारोहमा नवनिर्वाचित राष्ट्रपति पौडेललाई प्रमाणपत्र वितरण गर्नुहुँदै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया। तस्बिरः रत्न श्रेष्ठ/राससराष्ट्रपति पदमा विजयी हुनुभएपछि नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बिहीबार संघिय संसद भवन नयाँ बानेश्वरमा बधाई तथा सफल कार्यकालका लागि शुभकामना दिनुहुँदै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा । साथमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल लगायत । तस्बिरः रत्न श्रेष्ठ/राससराष्ट्रपति पदमा विजयी हुनुभएपछि नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बिहीबार संघिय संसद भवन नयाँ बानेश्वरमा बधाई दिनुहुँदै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल । तस्बिरः प्रदीपराज वन्त/रासस