जनयुद्ध र जनआन्दोलनका सहिदहरूकाे नाम राजपत्रमा प्रकाशित गर्ने सरकारकाे निर्णय
सरकारले जनयुद्ध र जनआन्दोलनमा जीवन गुमाएका र गणतन्त्र नेपालकाे पहिलो सरकारले शहीद घोषणा गरेकाहरूको नाम राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यसअघि मन्त्रिपरिषदबाट शहीद घोषणा भइसकेको तर राजपत्रमा नाम प्रकाशित गर्न बाँकीहरूको नाम प्रकाशित गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
‘शहीद घोषणा भएर पनि राजपत्रमा प्रकाशित नभएका कारण त्यसलाई राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको छ’ एक मन्त्रीले भने । उनका अनुसार उक्त शहीदहरूको नामावलीमा ०६२/०६३ सालको संयुक्त जनआन्दोलन, मधेस आन्दोलन र जनयुद्धमा निधन भएकाहरूको नाम समावेश छ ।