राष्ट्रपतिमा पाैडेल र नेम्वाङकाे उमेदवारी दर्ता
आगामी फागुन २५ गते हुन गइरहेको राष्ट्रपति निर्वाचनको लागि आज उमेदवारहरूले मनाेनयन दर्ता गराएका छन् ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आठ दलकाे समर्थनमा राष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी एमाले नेता सुवदस नेम्वाङले पनि राष्ट्रपतिमा उमेदवार मनाेनयन दर्ता गराएका छन् ।
शनिबार दिउँसो नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर वरिष्ठ नेता पौडेल र नेम्वाङले उम्मेदवारी दर्ता गराएका हुन् ।
पाैडेलको प्रस्तावकमा शेरबहादुर देउवा, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, अशोककुमार राई र अब्दुल खान रहनुभएको छ भने समर्थकमा महन्थ ठाकुर, पूर्णबहादुर खड्का, रञ्जिता श्रेष्ठ, चित्रबहादुर केसी र हितराज पाण्डे रहेका छन् ।
पौडेललाई माओवादी केन्द्र, जसपा, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी, लोसपा, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन् ।
त्यसैगरी एमाले नेता नेम्बाङकाे प्रस्तावकमा केपी ओलीसहित ५ जना र समर्थकमा याेगेश भट्टराईसहित ५ जना रहेका छन् ।