राप्रपा सरकारबाट बाहिरियाे : मन्त्रीहरूले बुझाए राजिनामा

मूलखबर संवाददाता
काठमाडौं, १३ फागुन

राप्रपा सरकारबाट बाहिरिएको छ । पुस १० गते उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी भएको राप्रपा राष्ट्रपति निर्वाचनको क्रममा भएको नयाँ ध्रुवीकरण अनुसार सरकारबाट बाहिरिएको हाे ।

शनिबार दिउँसो बालुवाटारमा प्रधानमन्त्रीसमक्ष राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले राजिनामा बुझाए । राजिनामा बुझाउनेमा उपप्रधान तथा उर्जा, जलस्रोत तथा सिचाइमन्त्री राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र उर्जा, जलस्रोत तथा सिचाइ राज्यमन्त्री दीपकबहादुर सिंह रहेका छन् ।