बाग्लुङ समाज पोर्चुगलले चैते दशैंमा युरोकप भलिबल आयोजना गर्ने
लिस्बन । बाग्लुङ समाज पोर्चुगलले चैते दशैंकाे अवसरमा प्रथम पुरस्कार ५ हजार युराे राशीकाे स्व. कुवेर मल्ल स्मृति युराेकप भलिवल प्रतियाेगिता तथा विविध साँस्कृतिक कार्यक्रम आयोजना गर्ने भएकाे छ ।
चैते दशैं अनि चैत्रास्टमी मेला र बाग्लुङ पर्यायवाची शब्द जस्तै हुन्। बाग्लुङ बजारको उत्तर पुर्वी क्षेत्र र पबित्र कालीगण्डकी नदिको उत्तरी किनारमा अबस्थित कालिका भगवती मन्दिर अर्थात बागलुङ कालिका भगवती मन्दिर बागलुङ जिल्ला, देशकै र अन्तरास्ट्रिय विश्व सम्पदा सुचिमा रहेको बाग्लुङ जिल्लाको धरोहरको रुपमा रहेको एक धार्मिक क्षेत्र बागलुङ कालिका भगवती मन्दिर परिसरमा बागलुङ भगवती गुठीले चैत्रास्टमि मेलाको आयोजाना गर्दै आइरहेको ब्यहोरा सबैलाई थाहा भएकै कुरा हो ।
बागलुङ जिल्लाबाट पोर्तुगल आउने दाजुभाइ दिदिबहिनीहरुलाई ऐक्यबद्धता गर्ने, एक अर्काका दु:ख सुखमा साथ दिने उद्देश्यले सन् २०१० मा पहिलो पटक कुबेर मल्लको अध्यक्षतामा बागलुङ समाज पोर्तुगल खोलिएको थियो ।
यसै अनुरुप परदेशमा रहेर पनि आफ्नो जिल्ला लगायत देशको कला संस्कृती अनि खेल जगतलाई जगेर्ना गर्ने उद्देश्यले बागलुङ समाज पोर्तुगलले आउँदो २६ मार्च २०२३ का दिन पोर्तुगलको मुटु लिस्बनको Inatel Av Rio De Janeiro को हल Alvalade Lisboa मा युरोपकै नेपाली खेलको ठूलो धनराशी पुरस्कार रहेको स्व.कुबेर मल्ल स्मृति युरोकप पुरुष भलिबल प्रतियोगिता सहित विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको हुँदा पोर्तुगल स्थित सम्पुर्ण संघ संस्था, खेलाडी साथिभाईहरु ,पत्रकार, बागलुङ जिल्लाबाट पाल्नु भएका सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदिबहिनी लगायत सम्पुर्ण नेपाली समुदायलाई उपस्थिति लागि आयोजकहरुले अनुरोध गरेका छन् ।
खेलमा सहभागी हुने राष्ट्रिय खेलाडीहरु :
१. राजु बिके
२. योगेन्द्र गुरुङ
३.बादल हमाल
४.नरेश भाट
५. प्रोमिल कुमार काउचा
६. श्याम रोका
७. अन्जन गिरी
स्व. कुबेर मल्ल स्मृति युरोकप पुरुष भलिबल प्रतियोगिताको पुरस्कार विवरण :
प्रथम पुरस्कार : नगद ५००० युरो, कप, मेडल र प्रमाणपत्र
द्वितीय पुरस्कार : नगद ३००० युरो, कप, मेडल र प्रमाणपत्र
तृतीय पुरस्कार : नगद १००० युरो ,कप, मेडल र प्रमाणपत्र
सान्त्वना पुरस्कार : नगद ५०० युरो,कप,मेडल र प्रमाणपत्र
दर्ता शुल्क : नगद ५०० युरो
उक्त कार्यक्रम सभ्य, भव्य र मर्यादित बनाउन निम्न बमाेजिम उपसमितिहरु गठन गरिएको जानकारी दिइएको छ ।
कार्यक्रम मुल समितिमा बागलुङ समाज पोर्तुगल कार्य समितिका सबै पदाधिकारी सदस्य रहनुहुने छ ।
उपसमितिहरु :
आर्थिक समिति:
संयोजक : केशव केसी
उपसंयोजक: प्रेम खड्का
सदस्यहरु: सूर्य हमाल, दिपा काफ्ले, छबि पौडेल, यकेन्द्र हमाल, भिम कमल केसी, दिपेन्द्र आचार्य, बोमबहादुर जिसी, ज्ञानु गौतम, कमल पुन, गिता राना, हरि पुन, यमेद्र घर्ती, कमल पुन,प्रेम सुवेदी,दिनेश खड्का ,छबि पौडेल, ज्ञानु गौतम,पानस मल्ल, तारा परियार
साँस्कृतिक समिति :
संयोजक : दिपक पुन
सदस्यहरु : दिनेश खड्का ,फणिन्द्र ठकुरी, किरण परियार, आशिष विसी, शिव अखेली, दुर्गा थापा
खेलकुद समिति :
संयोजक : प्रमिल काउछा
सदस्यहरु : यकेन्द्र हमाल, हुतराज पुन, मिलन भुजेल, राजु विक, कमल नेपाली, हरि पुन, ज्ञानेन्द्र छन्त्याल, अमृत मगर, सूर्य भण्डारी, यमन श्रीस, किरण विक
बागलुङ जिल्ला काठेखोला गाँउपालिका वडा नं. २ घर भइ हाल पोर्तुगलमा रहनुहुने कृष्ण थापाको दुबै मृगौला खराब भएको र उपचारका लागि आर्थिक समस्या देखिएकाले उहाँको उपचारको सहज बाताबरण मिलाउन र आर्थिक संकलन गर्नको लागि समिति गठन गरिएको जनाइएको छ ।
संयोजक : दिपा काफ्ले
सदस्यहरु : प्रेम सुवेदी, रबिन्द्र घर्ती, बलबहदुर भण्डारी, रमेश बुढाथोकी । -युरोनेपालीखबरबाट