जनयुद्धलाई अपराधीकरण गर्न खोज्नेलाई दर्जन प्रश्न

श्रीकृष्ण अधिकारी विवेक

यस पटक सरकारले जनयुध्द दिवसका अवसरमा बिदा दिने निर्णयलाई लिएर केही, पुरातनवादी सोच भएका परिवर्तन विरोधी, केही राजावादी र पुरानो यथास्थितिवादका पक्षपातीहरू निकैनै अतालिएको देखियो । जनयुध्दलाई अपराधिकरण हात धोएर लाग्नेहरूलाईं हाम्रो प्रश्न

नेपाल एकिकरणको प्रकृयामा रगत बगेको थिएन रु बिना बलिदान युग परिर्वतन सम्भव भएको बिरलै कतै देख्न पाईएको छ र रु पृथ्वीनारायण शाहले युध्द नगरेको भए नेपाल एकीकरण सम्भव थियो ?  सम्माननीय प्रधानमन्त्री प्रचण्ड सरकारले पृथ्वीजयन्तीको बिदा दिईरहदा गदगद भएर उफ्रदै गर्दा उता किर्तिपुरका जनताले आफ्ना बाउबाजे पुर्खाको नाक कान तासिएका हृदय दिवारक घटनाको स्मरण गरेनन् होला र ? मासु जतिपनी लुछ्न् हुने रगत देखिन नहुने रु यो कति घटिया एकाङ्की सोच हो ।
नेपालको युगिन राजनीतिक परिवर्तनको ईतिहासमा पृथ्वी नारायण शाहले नेपाल एकीकरण गरेर एउटा ईतिहास रचे । त्यसैगरि माओवादीको नेतृत्वमा नेपालका उत्पीडित बर्ग, जात, जाती, बर्ग, क्षेत्र, लिङ्गका सिमान्तकृत ममुदायका जनताको विशाल सहभागिता र समर्थनमा भएको जनयुध्दले युगिन महत्वको अग्रगामी राजनीतिक परिवर्तनको मुलआधार खडा गरेर ईतिहास रचेको छ ।

२००७ साल यता भएका कुनैपनि राजनीतिक आन्दलनले यो स्तरको राजनीतिक परिवर्तन ल्याउन सकेको थिएन जनयुध्दको जगमा मात्र सम्भव भएको हो लाई राष्ट्रिय दिवसका रूपमा बिदा दिदा आकाश नै खस्यो, धर्ती नै भासिएजस्तोगरि तपाईहरूको बर्बराहटपूर्ण बिरोधी सोच निरंकुस अधिनायकत्व होईन र ?

हिजो निरंकुस सामन्ती राजतन्त्रात्मक पन्चायती साशनमा जनतालाई बोल्ने छुट थियोरु आज तपाईहरू मन्त्रीको कुर्सीमा बसेर गणतन्त्रको खिलाप बिरूध्द बोलिरहनु भएको छ । तपाईहरूले पुजागर्ने गरेको निरंकुस अधिनायकत्ववादी होस, वा बहुदलिय राजतनणत्रात्क शासन जो महाराजा धिराजको निगाहमा बक्सहुने एकथान संबिधानरूपी कागजको खोस्टोमा परिवर्तनकामी जनतालाई त्यसरी बोल्ने छुट थियो  ?

सम्माननीय प्रधानमन्त्री प्रचण्ड सरकारले जनयुध्दको जगमा, जनयुध्द र जनआन्दोलनको समायोजनको बलवाट गणतन्त्र, संघियता, धर्मनिरपेक्षता, समाबेसी समानुपातीक राजनीतिक उपलब्दी संबिधानमा संस्थागत भएको छ। यतिठुलो राजनीतिक परिवर्तन ल्याउने प्रमुख आधारभुमी माहान जनयुध्द हो। २००७ साल यता भएका कुनैपनि राजनीतिक आन्दलनले यो स्तरको राजनीतिक परिवर्तन ल्याउन सकेको थिएन जनयुध्दको जगमा मात्र सम्भव भएको हो लाई राष्ट्रिय दिवसका रूपमा बिदा दिदा आकाश नै खस्यो, धर्ती नै भासिएजस्तोगरि तपाईहरूको बर्बराहटपूर्ण बिरोधी सोच निरंकुस अधिनायकत्व होईन र ?

पृथ्वी नाराययण शाहले रक्तपातपुर्ण युध्दद्वारा भौगोलीक रूपमा एकिकृत नेपाल राज्य खडा गरेर ईतिहासमा उनी स्थापित भए । जनयुध्दले नेपालका सबै जातजाती, भाषाभाषी, बर्गिय,जातिय, क्षेत्रीय, लीङ्गीय र सिमान्तकृत बर्गका समुदायहरूलाई गोलवध्द गर्दै, सामन्ती प्रभुहरूले विभेद र उत्पिडन गरिरहेको नेपालको मध्यकालीन निरंकुस सामान्तवादी राज्य बेवस्थाको कालो युगलाई बदलेर गणतन्त्रको उज्यालो युगको सुरूवात गरेको हो । राजनीनितिक परिर्वतनसंगै जनताको आर्थिक र साँस्कृतिक जिवनमा परिवर्तन ल्याउन माओवादी ईमान्दार प्रयासमा छ।नेपालको राजनीतिक ईतिहासमा यी, दुबै परिघटनाहरू युग बदल्ने ऐतिहाँसक युगिन महत्वका परिघटनाहरू हुन्। के अमेरिकी स्वतन्त्रता संग्राम शान्तिपुर्ण थियो त ?

के भारतमा ब्रिटिस उपनिबेसका बिरूध्द भारत स्वतन्त्रता संग्राममा रगत बगेको थिएन ? रूस, चिन, भियतनाम, क्युवा, कोरिया लगायत दुनियाँका दर्जनौं देशमाहरूमा युग बदल्ने महत्वका आन्दोलनहरू बिना क्षतीका थिएत ?  त्याग र बलिदान बिना कतै दुनियाँ बदल्लिएको ईतिहास छ ? के पृथ्वीनारायण शाहले चलाएको युध्द भित्र पासविकता र वर्वरताको घटना थिएन ? काग्रेशले ७ सालमा हतियार उठाएको होईन ?  एमालेले झापा आन्दोलनमा टाउको गिडेर आएकै होईन? जनयुध्द सुरू नहुदै रोल्पा रूकुम लगायत देशका बिबिन्न भागमा राजनीतिक आस्था राखेकै आधारमा जनतामाथी पनसविक दमन गरेको होईन ? रोल्पामा निहत्ता कुमारी बुढा मगरलाई बलत्कार गरेर,आखामा संगीनले घोचेर आँखा निकालेर, मटितेल खन्याएर जिउँदै तड्पाई तड्पाई मार्नु चाहीँ मानव अधिकारको पालना होत ?

जनताको त्याग, तपस्या र बलिदनको योगदानवाट प्राप्त गणतन्त्र ल्याउने बाहक शक्ति र नेतृत्वप्रति यतिधेरै बिरोध गर्नुको अर्थ जनतालाई रैति,महिलालाई यौनदाशी र बच्चा जन्माउने साधन र आदिवासी उत्पिडित बर्ग र क्षेत्रका जनतालाई नोक्कर, चाकरका रूपमा उचनिच हेय र हेपाह दृष्ट्रिवाट हेर्ने सामन्ती अहंकारवादी सोच भएकाहरूले जनयुध्दले जनतालाई रैतीवाट सार्मभौम नागरिक बनाईदिएको, सामन्ती प्रभुहरूको निगाहवाट खोसेर जनता संबिधानको मालीक बनाएको, राज्यका हरेक अंग र तप्कामा उत्पिडित जातजाती, भाषाभाषी, क्षेत्र र लिङ्गका जनसमुदायहरूको समाबेसी समानुपातीक प्रतिनिधित्व भएको । महिला,मधेसी र जनजातीका छोराछोरी प्रधान न्यायधिस, रास्ट्रपती भएको कसरी सहन हुन सक्थ्यो र ?

युगनायक कमरेड प्रचण्डको कुशल नेतृत्वमा युध्दलाई शान्तिमा बदल्ने काम भयो। जनयुध्दको जगमा प्राप्त राजनीतिक उपलव्दीहरू राष्ट्रको साझा संपत्ति संविधान हो । जुन संपत्तिमाथी टेकेर तपाईहरू उपभोग गरिरहनु भएको छ । त्यसमा माओवादीको रगत र पसिना सिंचित भएको छ । जनयुध्दको बिरोध गर्नु भनेको जुन थालमा खायो त्यसैमा छाद गर्ने निर्लज्ज घटिया कार्य हो। जनयुध्दमा रगत, पसिना माओवादी समर्थक सुभचिन्तक धेरै बगेको छ। तपाईहरूको होईन। जनयुध्दको जगमा आजको युगिन राजनीतिक परिवर्तनको उपलब्धीलाई हामिले हाम्रो मात्र भनिरहेका छैनौ । तपाईहरूले निर्वाद प्रयोग गरिरहनु भएको छ ।

हामीमा कुनै ईर्ष्या र घमण्ड छैन। ईतिहाँसप्रति गर्व छ। विशाल हृदय, उदारता र लचकता छ। अहिलेको राजनीति उपलब्धि राष्ट्र, जनता र अग्रगामी परिवर्तनका बाहाक सबै राजनीतिक पार्टीहरू र नेपाली जनताको साझा सम्पत्ति हो । यसैमा हामी खुसी र गौरब गर्दछौं। बर्तमान उपलब्धीको रक्षा र बिकाश गर्नु राज्य र सरकारको दाईत्व हो सरकारले आफ्नो जिम्मेवारी पूरा गरेको छ । सम्माननीय प्रधामन्त्री प्रचण्ड नेतृत्वको नेपाल सकारले जनयुध्द दिवसको अवसरमा बिदा दिएर ईतिहासप्रति न्याय गरेको छ । त्याग र बलिदानवाट प्राप्त उपलब्धीको रक्षा गरेको छ। संबिधानको रखवारी गरेको छ । – (अधिकारी नेकपा माओवादी केन्द्रका सम्पर्क समन्वय समिति अध्यक्ष हुन् )