माओवादी केन्द्रमा थपिए पदाधिकारी र केन्द्रीय सदस्य : सापकाेटा र भुषाल उपाध्यक्ष
नेकपा माओवादी केन्द्रले पदाधिकारी र केन्द्रीय सदस्य थप गरेकाे छ । पार्टीको हालै सम्पन्न स्थायी समिति बैठकले अग्निप्रसाद सापकोटा र पम्फा भुषाललाई पार्टीको उपाध्यक्ष बनाउने निर्णय सहित केन्द्रीय समितिमा संख्यन थप गरेको हाे ।
सापकोटा यसअघि सभामुख थिए। सभामुखबाट हटेसँगै उनी फेरि पार्टी राजनीतिमा सक्रिय भएका हुन्।
यसअघि पार्टीको उपमहासचिव रहेकी भुसाललाई उपाध्यक्ष बनाइएको हाे ।
अब माओवादी केन्द्रमा पदाधिकारी २२ जना, स्थायी समिति सदस्य ४४ जना, केन्द्रीय समिति सदस्य तीन सय ८६ र वैकल्पिक केन्द्रीय समिति सदस्य दुई सय दुई जना पुगेका छन्।
माओवादीले बुधबार सर्कुलर जारी गर्दै सापकोटा र भुसाललाई उपाध्यक्ष बनाइएको उल्लेख गरेको छ।
माओवादीमा नारायणकाजी श्रेष्ठ वरिष्ठ उपाध्यक्ष र कृष्णबहादुर महरा उपाध्यक्ष छन्।
उपमहासचिवमा भने हरिबोल गजुरेल, जनार्दन शर्मा, वर्षमान पुन, गिरिराजमणि पोखरेल, मातृका यादव र शक्ति बस्नेत छन्।
त्यसैगरी सचिवमा गणेश साह, दीनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, हितराज पाण्डे, हितमान शाक्य, राम कार्की र डिलाराम आचार्य छन्।
कोषाध्यक्षमा श्रीराम ढकाल छन्।