प्रधानमन्त्रीद्वारा दलका सचेतकहरूसँग छलफल

मूलखबर संवाददाता
काठमाडौं, २३ माघ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूसँग छलफल गर्नुभएको छ ।

संसदमा पेश भएका र हुने विधेयकहरू सहित संसद बैठकलाई प्रभावकारी बनाउने विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा साेमबार विहान छलफल सुरु भएको हो ।

प्रतिनिधि सभा बैठकलाई प्रभावकारी बनाउने विषयमा प्रमुख सचेतकहरुसँग छलफल आयोजना गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा सत्तारूढ र प्रतिपक्षी सबै दलका सचेतकहरूकाे सहभागी रहेका छन् ।