उपसभामुखमा इन्दिरा राना निर्वाचित, रानालाई १६६ र यादवलाई ९७ मत
प्रतिनिधि सभाको उपसभामुखमा इन्दिरा रानामगर निर्वाचित भएकी छिन् । आज भएको निर्वाचनमा राना १६६ मतसहित निर्वाचित हुँदा प्रतिस्पर्धामा रहेकी मुक्ताकुमारी यादवले ९७ मत पाएकी छिन् ।
निर्वाचनमा जम्मा २६४ मत खसेको थियाे । इन्दिरा रानालाई उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा अर्थात् `हुन्छ´ भन्नेमा १६६ मत, प्रस्तावको विपक्षमा अर्थात् `हुन्न´ भन्नेमा ९७ मत र `मत दिन्नँ´ भन्नेमा १ मत परेको थियाे ।