एक उपप्रधानमन्त्रीसहित १२ मन्त्री र २ राज्यमन्त्रीकाे सपथ

मूलखबर संवाददाता
काठमाडौं, ३ माघ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रीपरिषद् आज विस्तार गरि २३ सदस्यीय बनाईएकाे छ ।

मंगलबार  एक उपप्रधानमन्त्रीसमेत थपिएपछि मन्त्री परिषद्मा  ३ जना उपप्रधानमन्त्री बनेका छन् । नयाँ उपप्रधानमन्त्रीमा  ऊर्जामन्त्रीकाे समेत जिम्मेवारी लिएर राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सरकारमा सामेल भएका छन् । लिङदेन आज सहित १२ मन्त्री र २ राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । विस्तारित मन्त्रिपरिषद्का २३ जनामध्ये १५ जना नयाँ अनुहार हुन् ।

जसमा माओवादीका ३ जना मन्त्री र १ राज्यमन्त्री बनेका छन् । माओवादीबाट रेखा शर्मा सञ्चार मन्त्री, सुदन किराँती पर्यटन मन्त्री, अमनलाल माेदी सामान्य प्रशासन मन्त्री र शुशिला सिर्पाइलि पर्यटन राज्य मन्त्री बनेका छन् ।