यति एयरलाइन्सकाे जहाज पाेखरामा दुर्घटना : ७२ जना सवार, क्षतिकाे विवरण आउँदै
काठमाडौंबाट पाेखरा जाँदै गरेकाे यति एयरलाइन्सको विमान आइतबार पोखरामा दुर्घटना भएको छ । काठमाडौंबाट पोखराका लागि बिहान उडेको यतिको एटिआर–७२ विमान अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुअघि नयाँगाउँमा दुर्घटनामा परेको हाे । विमानमा ७२ जना सवार भएका र ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य रहेकाे बताइएको छ ।
प्रधानमन्त्रीले दुर्घटनाप्रति दुख व्यक्त गर्दै आजका सम्पूर्ण ओैपचारिक कार्यक्रम रद्व गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले आकस्मिक मन्त्रीपरिषद बैठक आव्हान गर्नुभएको छ ।
प्रधानमन्त्रीले त्रासदीपुर्ण र भयानक पोखरा विमान दुर्घटनाप्रती गहिरो दुख ब्यक्त गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । सचिवालयले भनेको छ –
घटना लगत्तै सम्माननीय प्रधानमन्त्रीज्युले उद्दारमा जुट्न राज्य संयन्त्रलाई निर्देशन गर्नु भएको छ।
र आजका सबै औपचारिक कार्यक्रम रद्द गरि प्रधानमन्त्रीज्यु अवस्था बुझ्न एयरपोर्ट पुग्नु भएको छ।
प्रधानमन्त्री ज्युले आजै आक्स्मिक मन्त्रीपरिषदको बैठक बोलाउनु भएको छ।
यति एयरको NYT 691 कल साइन विमान काठमाडौबाट १०:३५ बजे पोखराका लागी उडेकोमा ११:०० बजे पोखरामा दुर्घटना भएको खबर छ। उक्त बिमानमा ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य रहेका। यात्रु मध्य १० जना जति विदेशी नागरिक (पर्यटक) भएको प्रारम्भिक खबर छ।