घट्याे पेट्रोलियम पदार्थको मुल्य, अब पेट्रोल १७५, डिजेल १७२

मूलखबर संवाददाता
काठमाडौं, २४ पुस ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएकाे छ ।

नेपाल आयल निगम व्यवस्थापनको निर्णयअनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँका दरले मूल्य घटाइएको जनाएको छ ।

यससँगै अब पेट्रोल प्रतिलिटर १७५ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर १७२ रुपैयाँ कायम भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेट्रोलियम पदार्थमा मूल्य नबढाउन र घटाउन निर्देशन दिएको केही दिनपछि नै आयल निगमले मूल्य घटाएर सूचि सार्वजनिक गरेको हाे ।