प्रधानमन्त्री प्रचण्डद्वारा पेट्रोलियम पदार्थको मूल्य कटौती गर्न निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिनुभएको छ ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोहीबमाजिक मूल्य समायोजन गरी मूल्य कटौती गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभयो ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा आज वाणिज्य तथा आपूर्ति सचिवलाई निर्देशन दिनुहुँदै प्रधानमन्त्री प्रचण्डले आम जनतालाई राहतको अनुभूति हुने गरी पेृट्रोल र डिजेल तथा हवाई इन्धनको मूल्य कटौती गर्न निर्देशन दिनुभएको हो ।
पछिल्लो समय इन्धनको मूल्य समग्रमा घटेर आउँदा नेपाल आयल निगम पाक्षिक करिब ९९ करोड नाफामा रहने अनुमान छ । यद्यपि पहिलेको नोक्सानका कारण निगमले आईओसीलाई तिर्नुपर्ने बक्यौता रकम करिब ११ अर्ब रुपैयाँ छ भने सरकारलाई तिर्नुपर्ने ऋण ७ अर्ब छ । त्यही बक्याैता र ऋणका कारण निगमले मूल्य घट्दा पनि समायोजन गर्न चाहिरहेको छैन ।