समानुपातिकतर्फ विजयी उमेदवारहरूलाई प्रमाणपत्र प्रदान

मूलखबर संवाददाता
काठमाडौं, ३ पुस

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभाकाे निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरूलाई निर्वाचन आयाेगले प्रमाणपत्र प्रदान गरेकाे छ । आयाेगले मुख्यालय जमलमा एक कार्यक्रम गरेर विजयी सदस्यलाई प्रमाणपत्र वितरण गरेको हाे ।   आयाेगले नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टीले संघमा र प्रदेशहरूमा अन्य दलहरूले प्रदेशमा थ्रेस हाेल्ड कटाएर पाएकाे मतका आधारमा बन्दसूचीअनुसार विजयी सदस्यलाई प्रमाणपत्र वितरण गरेकाे हाे । प्रमुख आयुक्त दिनेश थपलियाकाे प्रमुख आतिथ्यतामा प्रमुख निर्वाचन अधिकृत गाेकर्ण मणि दुवाडिकाे हस्ताक्षर भएको प्रमाणपत्र प्रतिनिधिसभाका ११० र प्रदेश सभाका ३३० विजयी सांसदहरूलाई प्रमाणपत्र वितरण गरिएको निर्वाचन आयाेगले जनाएको छ ।