
विश्वकप : क्राेयशियाद्वारा क्यानाडा १ का विरूद्व ४ गाेलले पराजित
कतारमा जारी विश्वकपमा क्राेयशियाले क्यानाडालाई हराएकाे छ । आइतबार राति भएको खेलमा क्यानाडाले खेलकाे शुरूवातकाे २ मिनेटमा हानेकाे गाेललाई फर्काउँदै क्राेयशियाले ३६ मिनेट, ४६ मिनेट र ७० मिनेटमा ३ गाेल गर्दै विजय हाँसिल गरेकाे हाे । क्यानाडाका खेलाडी डेभियसले गाेल गरेका थिए भने क्राेयशियाका खेलाडी क्रामारिकले ३६ मिनेटमा पहिलाे र ७० मिनेटमा तेस्राे गाेल गरेका थिए भने ४० मिनेटमा अर्का खेलाडी लिभाजाले दाेश्राे गाेल गरेका थिए ।
खालिफा अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा क्राेयशियाले आक्रामक खेल खेलेको थियाे भने क्यानाडाकाे खेल रक्षात्मक थियाे । खेलकाे अन्तिममा थपिएको ५ मिनेट समयकाे ९४ मिनेटमा क्राेयशियाले चाैंथाे गाेल गरेर क्यानाडालाई ४-१ काे फराकिलो गाेल अन्तरले पराजित गर्याे । अन्तिम गाेल क्राेयशियाका खेलाडी मेजरले गरेका थिए ।
