माओवादी अध्यक्ष प्रचण्ड भारी मतसहित गाेरखा २ बाट निर्वाचित
गाेरखा निर्वाचन क्षेत्र नम्वर २ बाट नेकपा माओवादि केन्द्रका अध्यक्ष तथा गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारी बहुमत र मतान्तरका साथ विजयी हुनुभएको छ ।
उहाँले २६ हजार १०१ मत ल्याएर विजयी हुनुभएको हाे । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टिका कविन्द्र बुर्लाकाेटिलाई १४ हजार बढि मतले पराजित गराउँदै विजयी बन्नुभएकाे हाे । जहाँ घण्टी चिन्ह लिएर उठेका स्वतन्त्र पार्टीकाे पक्षमा १२ हजार ६३६ मत परेकाे थियाे भने नेकपा एमालेका अब्दुस सलाम मियाले सुर्य चुनाव चिन्हमा ७ हजार ३१२ मत प्राप्त गरेका थिए ।