भाेजपुरमा माओवादीका सुदन अगाडि, शेरधनकाे कति ?

मूलखबर संवाददाता
काठमाडौं, ६ मंसिर

भोजपुरमा माओवादी केन्द्रका सुदन किरातीले एमाले उमेदवार शेरधन राईलाई पछाडि पारेका छन् ।  उनले नेकपा एमालेका शेरधन राईलाई ५०० मतान्तरले पछि पार्दै अगाडि बढेका हुन् ।

किरातीले एक हजार ५४१ मत ल्याएका छन् भने राईले एक हजार ८५ मत प्राप्त गरेका छन्। भोजपुरमा यी दुई जनाबीच नै मुख्य प्रतिस्पर्धा रहेको छ।

अघिल्लो निर्वाचनमा यो क्षेत्रबाट माओवादीका किराती नै निर्वाचित भएका थिए। तर त्यो बेला एमाले र माओवादी एकता गरेर नेकपा गठन भएको बेला थियो।

२०६४ मा सुदनले शेरधनलाई नै हराएर निर्वाचन जितेका थिए। तर २०७० को निर्वाचनमा शेरधनले सुदनलाई पराजित गरेका थिए ।