काठमाडौं-१ मा प्रकाशमान सिंह निर्वाचित

मूलखबर संवाददाता
काठमाडौं, ६ मंसिर

काठमाडौं-१ बाट प्रतिनिधिसभा सदस्यमा  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौं-१ बाट निर्वाचित भएका छन् याे क्षेत्रबाट उनी चौथोपटक सांसद बनेका उनी रविन्द्र मिश्रलाई झिनो मतान्तरले परनजित गर्दै चुनाव जितेका हुन् ।

सिंहले ७ हजार १४३ मत ल्याएर विजयी हुँदा निकटम प्रतिद्वन्द्वी मिश्रले ७ हजार १८ मत पाए । यसअघि २०७४को चुनावमा पनि सिंहले मिश्रलाई नै पराजित गरेर चुनाव जितेका थिए । त्यतिबेला करिब ८ सय मतान्तरले प्रकाशमान विजयी भएका थिए ।