लमजुङ अपडेट : दुधपाेखरीमा देव, क्हाेलासाेथरमा पृथ्वी अगाडि

मूलखबर संवाददाता
लमजुङ, ५ मंसिर

गण्डकी प्रदेशकाे लमजुङ जिल्लामा  जारी मतगणनामा प्रतिनिधि सभातर्फ एमाले उमेदवार पृथ्वी सुब्बा गुरूङ माओवादी उमेदवार देव प्रसाद गुरूङभन्दा अगाडि रहेका छज् ।   मतदान सम्पन्न भएको २१ घण्टापछि मतगणना शुरू भएको मतगणनामा प्रदेश क काे दुधपाेखरी गाउँपालिकामा माओवादी उमेदवार देव गुरूङ ९५७ मतले एमाले उमेदवार पृथ्वीसुब्बा गुरूङलाई पछाडि पारेका छन् भने प्रदेश ख काे काेल्हासाेथर गाउँपालिकामा एमाले उमेदवार पृथ्वीसुब्बा गुरूङले माओवादी उमेदवार देव गुरूङलाई २८ सय ९१ मतले पछाडि पारेका छन् ।  प्रतिनिधि सभा र प्रदेश सभाकाे लागि मंसिर ४ गते आइतबार साँझ सम्पन्न भएको मतदानमा ६० दशमलव ५८ प्रतिशत मतदाताले मतदान गरेका थिए । साेमबार राती ११ बजेसम्म भएको मतगणनामा दुई पालिकाकाे मत गणना सम्पन्न गरेपछि प्रदेश ख काे मध्यनेपाल नगरपालिका र प्रदेश क काे दाेर्दी गाउँपालिकाकाे मत गणना शुरू गरिएको छ ।  सम्पन्न भएका मतगणना अनुसार दुधपाेखरीमा ५००८ मत खसेकाे थियाे भने क्हाेलासाेथरमा ५८२४ मत खसेकाे थियाे । जसमध्ये पृथ्वीसुब्बाले ६०२२ मत प्राप्त गरेका छन् भने देव गुरूङले ४१३१ मत प्राप्त गरेका छन् ।

कुल मतदाता एक लाख ३३ हजार ५ सय ५९ मत रहेको लमजुङमा ८० हजार ९ सय १७ मत अर्थात् ६० दशमलव ५९ प्रतिशत मत खसेको हो ।

जसमा महिलाको ४२ हजार ९३२ मत र पुरुषको ३७ हजार ९ सय ८५ मत खसेको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए ।

जिल्लाका १३० मतदान स्थलका १ सय ८८ मतदान केन्द्रहरुमा ६० दशमलव ५९ प्रतिशत मत खसेको हो ।

प्रतिनिधि सभाकाे लागि एक र प्रदेश सभाकाे लागि दुई  निर्वाचन क्षेत्र रहेको लमजुङमा शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न भएको निर्वाचन कार्यालयले जनाएको छ । प्रतिनिधि सभाकाे लागि सत्ता गठबन्धनका तर्फबाट माओवादी महासचिव देव गुरूङ र एमालेबाट उपमहासचिव पृथ्वी सुब्बा गुरूङ प्रतिस्पर्धामा रहेका छन् भने प्रदेश क मा गठबन्धनबाट डा. टकराज गुरूङ र एमालेका जमिन्द्रमान घले तथा प्रदेश ख मा गठबन्धनका  भेषबहादुर पाैडेल र एमालेका कृष्ण अधिकारी  प्रतिस्पर्धामा रहेका छन् ।
लमजुङ प्रतिनिधिसभा प्रत्यक्ष तर्फ
हालसम्म मतगणना सम्पन्न भएका पालिका
क्ल्साेथार गाउँपालिका – ५८२४
दुधपाेखरी गाउँपालिका – ५००८
जम्मा खसेकाे मत – १०८३२
जम्मा मतगणना सम्पन्न – १०८३२
सुर्य – ६०२२
हँसियाहथौडा – ४१३१
घण्टी – १६२
हलाे – ५२
छाता – १२
भाले – १२२
मादल – २
हृदय – १२