पाँचखपन नगरपालिका र चिचिला गाउँपालिकाका प्रमुखद्वारा गाडी फिर्ता

मूलखबर संवाददाता
काठमाडौं, २७ चैत

स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा बहालवाला जनप्रतिनिधिले आफूले प्रयोग गर्दै आएको सवारी साधन फिर्ता गर्न थालेका छन् । संखुवासभाको पाँचखपन नगरपालिका र चिचिला गाउँपालिकाका जनप्रतिनिधिले प्रयोग गर्दे आएको सवारी साधन फिर्ता गरेका छन् ।

पाँचखपनका मेयर विपिन राईले प्रयोग गर्दै आएको को १ झ ५४० नम्बरको स्कार्पियो गाडी फिर्ता गरेको प्रमुख प्रशासकीय अधिकृत मणिराम खतिवडाले बताए । प्रमुख प्रशासकीय अधिकृत खतिवडाका अनुसार मेयर राईले शुक्रबार गाडी र मोटरसाइकलको चावी नगरपालिकामा बुझाएको बताए । आपूmले प्रयोग गर्दे आएको गाडी र मोटरसाइकल नगरपालिका कार्यालयमा फिर्ता गरेको मेयर राईले बताए ।

त्यस्तै चिचिला गाउँपालिका अध्यक्ष पासाङ नुर्व शेर्पाले पनि आफूले प्रयोग गर्दै आएको गाडी फिर्ता गरेका छन् । अध्यक्ष शेर्पाले प्रयोग गर्दे आएको को १ झ ५६३ नम्बरको स्कार्पियो गाडी फिर्ता गरेका छन् । निर्वाचन आचारसंहितालाई ध्यानमा राखी आफुले प्रयोग गर्दै आएको सवारी साधन फिर्ता गरेको अध्यक्ष शेर्पाले बताए । स्थानीय तह निर्वाचन नजिकिँदै गइरहेका बेला जनप्रतिनिधिहरूले आफूले प्रयोग गर्ने सरकारी गाडी धमाधम फिर्ता गर्न थालेका छन् । निर्वाचन प्रचार प्रसारका साथै पार्टीको काममा सरकारी गाडीको दुरुपयोग भएको सामाजिक सञ्जालमा चर्चा चल्न थालेपछि केहि जनप्रतिनिधिले गाडी फिर्ता गरेर लोकप्रियता देखाउन थालेका समाचार राजधानी दैनिकमा छ ।