काँग्रेस केन्द्रीय समिति बैठक चैत ११ गते, यस्ता छन् एजेन्डा

मूलखबर संवाददाता
काठमाडौं

नेपाली कांग्रेसले चैत ११ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक सूचना जारी गरी चैत ११गते दिउँसो २ बजे बस्ने केन्द्रीय कार्यसमिति बैठकमा पार्टी पदाधिकारी, केन्द्रीय सदस्यलाई बोलाएका छन् ।

उनका अनुसार बैठकका एजेन्डाहरुमा स्थानीय तह निर्वाचनको तयारी एवं ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियानको प्रारम्भिक समीक्षा, संसदीय समिति गठनलगायत छन् ।