जि बी कुँवरका एक दर्जन सिन्का

गाेविन्दबहादुर कुँवर

_सिन्का_१
यति  चर्चित  भएन   खै   कतै  कुनै  देशको  अर्दली ।
जति भयाे चर्चित यहाँ छिमेकमा कसैकाे बार्दली ।

_सिन्का_२
निर्लज्जहरुकाे नग्न नृत्य हेरी नै राखेकाे छु
ठूलाे माछाले सानाे माछाे खा`काे देखिराखेकाे छु

_सिन्का_३
हुन्च हुन्च हुन्च भन्थ्याे आक्रमण भयाे, मिलायाे ।
भए के के न गर्छु भन्थ्याे, ऐले खैत कता विलायाे  ?

_सिन्का_४
रात र दिन सिएको सिएकै छ र त पनि
नाङ्गै छ सियाे।
के दिएन देशले हामीलाई तर पनि भन्छाैँ खै के दियाे ?

_सिन्का_५
कसैकाे भनाइ छ, त्यल्ले ढुङ्गा  मग्मगाउँछ
अनि बसाउँछ ।
कसैकाे रटाइ छ, त्यल्ले ढुङ्गा डगमगाउँछ,
तल खसाउँछ ।

_सिन्का_६
चुनाव हारे पछि त पाटी फोरिन्छ
बहिष्कार भनिन्छ, सम्बोधन  गरिन्छ !

_सिन्का_७
याे रडाकाे तानातान हाे कतिञ्जेल
याे कचिङ्गल हानाहान पाे कतिञ्जेल

_सिन्का_८
जता हेर्याे त्यतै देखिन्छ कूनीति र भ्रष्टाचार
खान्न खान्न लाेकाचार छ, खान लायाे मानाचार

_सिन्का_९
काम  गर्नु  पर्दा त अरुलाई अघि  सारिन्छ
भतेर खॅादा भने आफैंलाई अघि पारिन्छ

-सिन्का-१०
हरेक मानिसमा एउटा न एउटा  सानो वा ठूलो गम हुन्छ ।
आफूले मन पार्ने कुरा अरुलाई पनि मन पर्ने भ्रम  हुन्छ ।

_सिन्का_११
पहिले तिमी गन, अनि गन्चु म
पहिले तिमी भन, अनि भन्चु म

_सिन्का_१२
कतिलाई हामीले देखे पनि नदेखे झैँ गर्छम्
कतिले हामीलाई देखे पनि नदेखे झैं गर्छन्

(साहित्यकार एवम् शिक्षाविद् गाेविन्दबहादुर कुँवरकाे फेसबुकबाट लिइएकाेे)