
गण्डकी प्रदेश सरकारलाई राजमाेकाे समर्थन कायमै
एमसिसि पारित गरेको विराेधमा गठबन्धनबाट हटेको घाेषणा गरेको राजमाेले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन भने फिर्ता नलिने भएको छ ।
कांग्रेसको विकल्प एमाले नहुने भन्दै राजमोले ५ दलीय सत्ता गठबन्धनबाट अलग भए पनि राजनीतिक अस्थिरता हुने भएकाले सरकारको समर्थन यथावत् रहेको पार्टीका महासचिव मनोज भट्टले बताए ।
