मर्स्याङ्दी नदीमा बाढीले सतर्कता तह नाघ्याे, तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

मूलखबर संवाददाता
लमजुङ, १७ भदाै

निरन्तरकाे वर्षाले मर्स्यांङदी नदीमा बाढी अाएकाे छ । लमजुङस्थित मर्स्याङ्दी नदीको भकुण्डेबेँसी जलमापन केन्द्रमा जलसतह खतरा तह पार गरेको छ। जलसतह बढ्दो क्रममा रहेकाले नदीको तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

बुधबार राति ११:१५ बजे जारी सूचनाअनुसार भकुण्डे जलमापन केन्द्रमा मर्स्याङ्दी नदीको जलसतह ५.६९ मिटर पुगेको छ। उक्त केन्द्रमा चेतावनी तह ५.३ मिटर र खतरा तह ५.६ मिटर तोकिएको छ।

जलसतह बढ्दो क्रममा रहेकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन महाशाखाले अनुरोध गरेको छ।