फतिमा सुमारलाई मेटमणीकाे पत्र, `५० अर्ब तिम्रै देशका गरीबलाई देऊ´

मूलखबर संवाददाता
काठमाडौं, ११ फागुन

श्री फतेमा सुमार
उपाध्यक्ष ,एमसिसि

बिषय – तिम्राे ५० लाख डलर हरेक रात सडकमा सुत्न बाध्य भएका ५ लाख अमेरिकि जनताहरूका सेवामा खर्च गर ।

तिम्राे देशभन्दा म १२ हजार ७ सय २५ कि.मि टाढा छु । तिम्राे देश बिश्वकै शक्तिशाली राष्ट्र हाे भनी म राम्ररि बुझेकाे छु । यसैले तिम्राे देशकाे हरेक नागरिक र अधिकारिहरूका मनाेबिज्ञान पनि समृद्ध हाेला भनी अपेक्षा गर्नु पनि स्वभाबिक नै मान्नु पर्दछ । यसैले मेराे र तिम्राे राष्ट्रका अधिकारिहरूका बिचमा एमसिसि परियाेजनामा २०७४ साल भदाै २९ गतेकाे दिन संझाैता भयाे । अनुदान हाे भनी हामि नेपाली खुशि भएपनि तिम्राे अधिकारिहरूले ठाँउठाँउमा दिएकाे अभिब्यक्तिले हामी झस्केकाे छाै । शँका गर्ने सुबिधा पाएका छाै । हामी नेपालिहरू तिम्राे ५० लाख डलरकाे बिषयमा साेझाे बुझाइ नै हाे तर तिम्राे अधिकारिहरूकाे रणनिति नै बेग्लै रहेछ । तिम्राे अधिकारिहरूका भनाइ अनुसार त – एमसिसि सैन्य रणनिति पाे रहेछ ! इन्डाेनेसिया देखि प्रशान्त महासागर प्रयाेग गरेर चिनलाई घेर्ने याेजना बनाएका रहेछाै र चिनलाई सताउनकाे लागि नेपालकाे भुमिलाई सबैभन्दा उपर्युक्त ठाउँ छानेकाे रहेछाै । हामी कुनै पनि राष्ट्रकाे सैन्य रणनितिमा संलग्न हुँदैनाै सबैसँग पञ्चशिलकाे अाधारमा समान व्यवहार गर्दछाै तर तिम्राे उपस्थितिले हामिलाई तिमिमा संलग्न हुन बाध्य बनाँउछ । यसैले तिम्राे अनुपस्थित नेपालमा कुनै पनि हालतमा हुनु हुँदैन । किनकि हामी असंल्गना नीति मान्ने राष्ट्रका जनता हाे ।
फतेमा सुमार, तिमी देखिनमा कति सुन्दर छिउ ! तर तिम्राे देशकाे इतिहास कति खराब छ है! जहाँ जहाँ तिम्राे देशकाे प्रबेश हुन्छ – त्याे देशकाे अवस्था सुखद भएकाे एउटा देश नि भेटेकाे छैन । 1st World War र 2nd World War पनि तिम्राे शासकहरूका क्षणिक स्वार्थ- हतियार बेचेर धन कमाउने रणनितिकाे कारण युद्ध भएकाे कुरा धर्तिका कुनै पनि मानव जातिले भुलेका छैनाै । जुनसुकै नामबाट किन नहाेस – तिम्राे राष्ट्रकाे उपस्थितिले दुनियाँलाई खरानि, मानविय क्षति र सम्पत्तिकाे नाेकसानि बाहेक अरू केही पनि उपलब्धि छैन । यसैले हामिले तिम्राे सुन्दरतालाई पनि घृष्ण गर्न बाध्य छाै ।
तिम्राे देश बाहिराबाट हेर्दा जति समृद्ध देखिन्छ । नजिकबाट हेर्दा धेरै खराब र दयालाग्दाे देखिन्छ । प्रत्येक रात ५ लाख जनताहरू सडकमा कागज अाेढेर सुतिरहेका छन् । नेपालमा त्यस्ताे मान्छे एक जना नि छैन्न । नेपालकाे जनसंख्या भन्दा करिब दाेब्बर ५ कराेड ६० लाख जनताहरू गरिबिकाे रेखामुनि छन् । लाखाै अमेरिकिहरू दिनमा २ डलर मात्रै कमाई गर्दछन । यसबाट १ बाेतल पानी, ६ वटा अन्डा र १ वटा बर्गरमा बाँच्न बाध्य छन् । तिम्राे देशकाे उपचार पनि सार्है महँगाे छ । बालमृत्युदर निकै उच्च छ । सँसारकै हत्या हुने राष्ट्र हेर्ने हाे भने पनि अमेरिका अग्रणि स्थानमा छ । स्कुले बिद्यार्थीले चलाएकाे गाेलिबाट मृत्यु पनि प्रत्येक साल जस्तै भइरहन्छ । समाजमा अार्थिक बिभेद पनि निकै पराकिलाे छ । यसैले अमेरिकाभन्दा नेपालकाे अवस्था धेरै राम्राे छ । तिमिले नेपाल राष्ट्र र नेपालि जनताहरूका बिषयमा चिन्ता लिनु पर्दैन । बरू तिमी अाफनै देशमा फर्क, त्याे ५० लाख डलरले हरेक रात सडकमा सुत्ने अमेरिकि नागरिकहरूका उद्दारमा खर्च गर । महँगाे अाैषधिलाई सस्तोमा उपलब्ध गराउ । बालमृत्युदर घटाउनकाे लागि पाेषणयुक्त खाना सुत्केरीहरूलाई खुवाउ । कमसे कम तिम्राे जनताहरूलाई ६ लिटर पानी पिउने ब्यवस्था गर । पेटभरि खानाकाे ब्यवस्था गर । जनता मारेर नेपाललाई अनुदान चाहिएन । तिमिले नेपाल बसाइँ क्रममा पक्कै पनि देख्नु पर्ने हाे -“कुनै पनि नेपाली भाेकाे र तिर्खाएर बस्नु परेकाे छैन ।
फतिमा सुमार,
जाँदाजाँदै तिमिसँग केही जिज्ञासा पनि छ । तिमी पढेलेखिकि छिउ तर पनि नेपाली समाजकाे मनाेबिज्ञान बुझने किन प्रयास गरेछैनिउ ? हामिलाई चाहिन्न भन्दाभन्दै एमसिसि पास गर भन्दै किन नेताहरूका घरघरमा चहारिरहेकि छिऊ ? कहिलेकाँहि घुमाँउराे तरिकाले धम्क्याउछिउ पनि ! तिमिलाई थाहै रहेन्छ ! दुनियाकाे कुनै शक्तिसँग नडाराएका हामी नेपाली तिमिसँग डराउने त कुरै छैन । यसैले धम्काउने बन्द गर । यसैले हामिलाई तिम्राे अधिकारिहरूका नियतमा शँका लागिरहेकाे छ । पहिले पहिले त हामिलाई बुँदाहरू सुधार गरेर पास गराै भन्ने लागेकाे थियाे । तर अाजभाेलि तिम्राे ब्यवहारले सुधारकाे पनि कुनै संभावना देखिदैन । यसैले Go back Mcc.
उहि ।
मेटमणि चाैधरि
नेपाल
२०७८ फाल्गुण २