रामप्रसाद खनालले ल्याए सन्देशमुलक गित `तिम्रि आमा मेरी आमा´

मूलखबर संवाददाता
काठमाडौं
लोक तथा दोहोरी गायक एबम पत्रकार रामप्रसाद खनालले आफ्नो दोस्रो पारिवारिक,सामाजिक र सन्देश बोकेको गीत “तिम्री आमा, मेरी आमा” भर्खरै सार्वजनिक गरेका छन्।
खनालको सार्वजनिक भएको गीतको एउटा पङ्क्ति :
तिम्री आमा मेरी आमा उस्तै उस्तै होइनन् र ?
तिम्रा बा र मेरा बा नि दुवै उस्तै छैनन् र ?
भन मेरी प्राण प्रिय कि गल्ती म बोलेँ आज
भतभती मन पोल्यो मैले मुखै खोलेँ आज
गीत सङ्गीत,कलाकारिता, साहित्य र पत्रकारिताका एक जना अब्बल धरोहर खनालले भर्खरै सार्वजनिक गरेको उनको गीतको यो चार लाइन मात्र होइन पुरै गीतमा खनालले घर घरमा, अज्ञानता बस हुने श्रीमान् र श्रीमती हरू बिचका तेरो र मेरो भन्ने भावना लाई प्रतिबिम्बित गरेको छ।
अन्तर्राष्ट्रिय कलाकार मञ्चका अध्यक्ष समेत रहेका खनालले हाल सम्म एक हजार दुई सय भन्दा बढी लोक, दोहोरी, आधुनिक, राष्ट्रिय, भजन, तीज लगायतका सबै जसो बिधाका गीत गाइसकेका छन् भने बाउन्न वटा गीति एल्बम प्रकाशित गरिसकेका छन् । छापा पत्रकारिता देखी रेडियो, टेलिभिजन, अनलाइन पत्रकारितासम्म आवद्ध खनालका पन्ध्र सय भन्दा बढी कविता, गजल, मुक्तक र विभिन्न १८ वटा पुस्तक प्रकाशित छन् ।
नेपालका अहिलेका चलेका देखी जाने मानेका सम्म धेरै लोक दोहोरी गायक, गायिकाका पथ प्रदर्शक,गुरु,र उनीहरूलाई टेलिभिजन स्क्रिनमा सिकाइ सिकाइ पहिलो टेक दिने खनालले यस पटकको नेपाल यात्रा र बसाइमा रेकर्ड गरेका सात वटा गीत मध्ये पहिलो कोसेली  “हे कृष्ण, हे राम” धार्मिक भजन गत साता नै सार्वजनिक गरेका थिए। अग्रज लोक गायक,दोहोरी गायक खनाल तिनै व्यक्ति हुन जसले नेपालमा लोक गीत र दोहोरी गीतलाई गाउँ बाट सहर र देश बाट विदेश सम्म पुराएर र यो क्षेत्रको विकास गरेर लोक दोहोरी क्षेत्रको अभिभावकत्व ग्रहण गरेका छन् ।
उनकै सक्रियतामा नेपालमा मेला महोत्सबमा दोहोरी प्रबेश गरेको थियो भने डान्स, गजल रेस्टुरेन्टहरुलाई दोहोरी साँझमा परिणत गर्दै त्यसलाई ब्यबसायीकरण गरिएको थियो।