पहिलो राष्ट्रिय सम्मेलनलाई आठाैं महाधिवेशनमा फेरियाे, अरू सबै यथावत
नेकपा माओवादी केन्द्रको साझ बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरेको छ ।
आइतबार शुरु हुने राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण प्रस्ताव अघि सारेको जनाएको छ् ।
आइतबार विहान ८ बजे बस्ने केन्द्रीय समितिको बैठकले यसबारे औपचारिक निर्णय गर्ने माओवादी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
महाधिवेशनमा १५३३ प्रतिनिधि सहभागी छनाैट भइसकेका छन् भने अध्यक्षले १० प्रतिशत मनाेनित गर्ने अधिकार स्थायी समितिले दिएको छ ।
महाधिवेशनमा फेरिएपछि अब प्रकाशित सामग्रीहरू पनि फेरिने भएका छन् ।