नेकपा (माओवादी केन्द्र) बागमतीमा निर्वाचनद्वारा नेतृत्व चयन, अध्यक्षमा सरल, सचिवमा छिन्ताङ

मूलखबर संवाददाता
काठमाडौं

सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश कमिटीको अध्यक्षमा सरल सहयात्री पौडेल निर्वाचित भएका छन् । अध्यक्षका अर्का प्रत्यासी दीनानाथ गौतमलाई पराजित गर्दै सहयात्री अध्यक्षमा निर्वाचित भएका हुन् । गौतम लाई ७६ भोटले उछिन्दै सहयात्री अध्यक्षमा निर्वाचित भएका हुन ।

निर्वाचनमा जम्मा २ सय ६१ भोट खसेको थियो । जसमा पाैडेलले १६२ मत ल्याए भने गौतमले ८६ मत ल्याए । सचिवमा काभ्रेका  इन्द्र बहादुर थिङ छिन्ताङ निर्वाचित भएका छन् । सचिवका अर्का उम्मेदवार चितवनका  रामचन्द्र अधिकारी र काठमाडौंका  धर्म डंगोललाई पराजित गर्दै उनी निर्वाचित भएका हुन् ।

उपाध्यक्षकाे ३ पदमा काठमाडौंकी रुपा महर्जन,  नुवाकोटका रामप्रसाद ढुगाना, मकवानपुरका  प्रेम बहादुर पुलामी निर्वाचित भएका छन् ।

सहसचिवकाे ३ पदमा सिन्धुलीका  प्रकाश श्रेष्ठ , दलबहादुर बुर्लाकोटि र रसुवाका  माधब लामिछाने बिजयी भएका छन । माओवादीले प्रदेश सम्मेलनमा पहिलोपटक आन्तरिक निर्वाचनको बिधिबाट बागमती प्रदेशको पदाधिकारी चयन गरेको हो ।

मतदान काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा राति सम्पन्न भएको  भएको थियो । रातिनै मतगणनाको  मत परिणाम सार्वजनिक गरेर  प्रदेश पदाधिकारी घोषणा गरिएको हो। कुल २७५ मतदातामध्ये २६१ मत खसेको थियो ।