संसद चलाउन र एमसीसीबारे छलफल गर्न सर्वदलीय बैठक आयोजना
संघीय संसदमा जारी अवरोध खुलाउन तथा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीबारे छलफल गर्नका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री देउवाले आइतबार अपराह्न ४ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेका हुन् ।
प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले आइतबार ४ बजे सर्वदलीय बैठक बोलाइएको जानकारी दिए । सर्वदलीय बैठकमा संसद्मा रहेका सबै राजनीतिक दलहरूलाई बोलाइएको बताइएको छ ।
बैठकमा एमसीसीलाई संसद्मा लैजाने विषयमा छलफल हुने एक मन्त्रीले बताएका छन् । ुसंसद्मा जारी अवरोध अन्त्य गर्ने र एमसीसीलाई संसद्को एजेन्डा बनाउनेबारे सर्वदलीय बैठक बोलाउने कुरा भएको छ,ु ती मन्त्रीले भने ।
संघीय संसद्का दुवै सदनमा एमालेले अवरोध गर्दै आएको छ । त्यस्तै, अमेरिकासँग गरिएको एमसीसी सम्झौता लामो समयदेखि संसद्मा दर्ता भएर बसेको छ । उक्त सम्झौता संसद्बाट पास गर्नका लागि अमेरिकाले दबाब दिँदै आएको छ । तर सत्तारुढ दलहरूबीच नै एकमत नहुँदा एमसीसी सम्झौता अगाडि बढ्न सकेको छैन ।