मुल्य वृद्धि नियन्त्रणकाे माग गर्दै प्रधानमन्त्रीलाई विद्यार्थीले बुझाए पत्र

मूलखबर संवाददाता
काठमाडौं

पछिल्लो समय इन्धन र खाद्यान्नको मूल्य चर्को वृद्धि भएको भन्दै उक्त मूल्य वृद्धि फिर्ता गर्नसमेत माग गरेका छन् । मूल्य वृद्धि नियन्त्रणका लागि भारतबाट मात्रै ल्याइने प्रशोशित इन्धनमाथिको एकाधिकार अन्त्य गर्दै अन्तर्राष्ट्रिय बजारबाट तेलजन्य कच्चा पदार्थ नेपाल आयात हुने वातावरण तयार गर्नसमेत उनीहरुले माग गरेका छन् । इन्धन व्यापारका विषय मात्रै नभएर जनताको दैनिक जीवनसँग जोडिएको आधारभूत आवश्यकता भएको ज्ञापन–पत्रमा उल्लेख गरिएको छ ।

‘यो संवेदनशील विषयमा नेपाल सरकार जवाफदेही भएर जनतालाई सहजरुपमा जीवनयापन गर्ने वातावरण तयार गर्नको लागि पेट्रोलियम पदार्थमा लगाएको कर घटाई मूल्य वृद्धि फिर्ता गर्न जोडदार माग गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ, ‘मूल्य वृद्धि फिर्ता नगरिए संयुक्त विद्यार्थी संगठनले देशभर आन्दोलन सिर्जना गर्न बाध्य हुनेछ ।’

ज्ञापन–पत्रमा अखिल (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियु अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी यूनियन अध्यक्ष रुपनारायण श्रेष्ठ, अखिल (क्रान्तिकारी अध्यक्ष हरिकृष्ण गजुरेललगायतले हस्ताक्षर गर्नुभएको छ । ६ विद्यार्थी संगठनका नेताले प्रधानमन्त्री देउवालाई संयुक्त रुपमा ज्ञापन–पत्र बुझाउनुभएको हो । रासस