मंसिर ३ गतेभित्र राजीनामा दिन जबरालाई बारको अल्टिमेटम
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मंसिर ३ गतेभित्र राजीनामा दिन नेपाल बार एसोसिएसनले अल्टिमेटम दिएको छ । बुधबार बारको कार्यालय परिसरमा बोल्दै अध्यक्ष चण्डेश्वर श्रेष्ठले मंसिर ३ गतेभित्र राजीनामा नदिए देशभरका उच्च अदालतमा विरोध प्रदर्शन गर्ने चेतावनी समेत दिएका छन् । उनले प्रधानन्यायाधीश जबाराको राजीनामा न्यायालय सुदृढिकरणका लागि भएको बताए ।
प्रधान्यायाधीश जबराले जारी गरेको विज्ञप्ति आँखामा धुलो हाल्न ल्याइएको पनि अध्यक्ष श्रेष्ठले बताए । ुन्याय किनबेच हुनुहुँदैन भनेर हामी आन्दोलनमा छौं । न्यायालयको शिर निहुरिइरहेको छ । वार्ताको नाममा आँखामा धुलो हाल्नका लागि विज्ञप्ति निकालेको छ,ु उनले भने ।