केपी अाेलीकाे शानकाे अवसान : गुमाए संघलगायत सबै प्रदेश सरकार

मूलखबर संवाददाता
काठमाडौं, १६ कात्तिक

एक व्यक्तिकाे हठ र घमण्डका कारण कति सम्म असर पर्न सक्छ भन्ने कुराकाे प्रमाण यसै साता ढलेका दुई मुख्यमन्त्रीलाई हेर्दा हुन्छ । नेकपा अध्यक्ष समेत रहेका तत्कालीन प्रधानमन्त्री केपी अाेलीकाे हठ र घमण्डका कारण पार्टी मात्रै फुटेन अाफ्नै कार्यकर्ता मुख्यमन्त्री रहेका सबै प्रदेश गर्ल्यामगुर्लुम ढले । चारवटा प्रदेश प्रमुख र मुख्यमन्त्री गुमाउनु पर्याे भने दर्जनौं मन्त्री गुमाउनुपर्याे, सयाैँ नियुक्तिहरू र पदाधिकारी गुमाउनुपर्याे ।

प्रधानमन्त्री बाट शुरू भएको बहिर्गमनकाे श्रृंखला गण्डकी  प्रदेश मुख्यमन्त्री र सरकार, लुम्बिनी प्रदेश मुख्यमन्त्री र सरकार, बागमती प्रदेश मुख्यमन्त्री र सरकार हुँदै प्रदेश १ काे मुख्यमन्त्री र सरकार बहिर्गमन सम्म पुगेको छ । बागमती र प्रदेश १ मा त दुईपटक सरकार फेरिएका छन् ।

त्यसैगरी  कर्णाली दुवै प्रदेशमा माअाेवादी र नेपाली कांग्रेसबी भद्र सहमतिअनुसार सरकार फेरिएको छ । बुधबार मुख्यमन्त्री फेरिएका छन् । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यको ठाउँमा एकीकृत समाजवादीका राजेन्द्र राई र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको ठाउँमा नेपाली कांग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री नियुक्त भएका छन् ।

नवनियुक्त दुवै मुख्यमन्त्रीले बुधबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश १ का मुख्यमन्त्री आचार्यले अल्पमतमा परेपछि राजीनामा दिएका थिए । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भने गत वैशाखमा नेपाली कांग्रेससँग भएको सहमतिबमोजिम पद त्याग गरेका थिए । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राईले बुधबार नै कांग्रेस, एकीकृत समाजवादी, जसपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई सहभागी गराएर पाँच सदस्यीय मन्त्रिपरिषद बिस्तार गरेका छन् ।

कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले भने बिहीबार मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने भएको छन् । सुनसरीस्थित राजधानी सहकर्मीका अनुसार एमाले नेता आचार्यले मुख्यमन्त्रीबाट राजीनामा दिएसँगै सोमबार नै नवगठित एकीकृत समाजवादीका नेता राईलाई मुख्यमन्त्री बनाउनेगरी गठबन्धन दलहरूबीच सहमति जुटेको थियो । मंगलबार राईसहित नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

उनीसहित चार मन्त्री र एक राज्यमन्त्रीलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले शपथ गराएका हुन् । कांग्रेसबाट दुई जना, माओवादी केन्द्रबाट एक जना र जनता समाजवादी (जसपा)बाट एक जना मन्त्री भएका छन् । नेकपा माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बो आर्थिक मामिलामन्त्री नियुक्त भएका छन् ।

जसपाका नेता जयराम यादव सामाजिक विकासमन्त्री बन्दा कांग्रेसका सचेतकसमेत रहेका केदार कार्कीले आन्तरिक मामिला मन्त्री र कांग्रेसकै नेता हिमाल कार्कीले भौतिक पूर्वाधार विकासमन्त्रीको जिम्मेवारी पाएका छन् । यस्तै, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी विष्णुमाया तुम्बाहाम्फे सामाजिक विकास राज्यमन्त्री नियुक्त भएका छन् ।

आफूले मुख्यमन्त्री पदमा शपथग्रहण गरेपछि राईले पहिले विश्वासको मत लिएर मात्र काम गर्ने प्रतिक्रिया दिए । पत्रकार हरूसँग छोटो कुरा गर्दै मुख्यमन्त्री राईले पहिले विश्वासको मत लिएपछि मात्र मन्त्रालयको संख्या थप गर्ने र मन्त्रिपरिषद् विस्तार जस्ता काम गर्ने बताए । उनले भने, ‘पहिले हामी विश्वासको मत लिने काम गर्छौं, त्यसपछि मन्त्रिपरिषद्लाई पूर्णता दिन्छौं ।’ अब प्रदेश सरकारले अर्को बजेट ल्याउने वा नल्याउने’bout सत्तारूढ गठबन्धन र मन्त्रिपरिषद्मा छलफल हुने उनले बताए ।

उता कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्रीमा जीवनबहादुर शाहीले मंगलवार राति पद तथा गोपनीयताको सपथ लिएका हुन् । प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले शाहीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । शाहीले १६ महिना प्रदेश सरकारको नेतृत्व गर्नेछन् ।

नेपाली काँग्रेस, नेकपा(माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहितको गठबन्धनको समर्थनमा शाही मुख्यमन्त्री बनेका हुन् । शाहीले मुख्यमन्त्रीको शपथ लिएपनि मन्त्रालयको भागबण्डाबारे गठबन्धनका दलहरुबीच सहमति हुन बाँकी छ ।