जनता विग्रीएका होइन रहेछन् हामी पो विग्रीएका रहेछौं : प्रचण्ड

मूलखबर संवाददाता
काठमाडौं, ३० भदौ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता नविग्रीएको बरु आफूहरु विग्रीएको महशुस भएको बताएका छन् । हिजो माओवादी नेता कार्यकर्ताहरुमा असजिलो कामको जिम्मा लिने वलिदानको कोटा चुक्ता गर्न प्रतिस्पर्धा हुने गरेको तर आज भने अवसरको लागि प्रतिस्पर्धा हुने गरेको देखिन थालेको भन्दै प्रचण्डले दुखेसो पोखेका छन् ।

बुधबार पार्टीका तत्कालीन उपाध्यक्ष पोष्टबहादुर बोगटीको स्मृति दिवसमा पार्टी कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा माओवादी केन्द्र विरता वलिदान र त्यागको एक पुन्ज भएको बताएका हुन् ।
प्रचण्डले पोष्टबहादुर बोगटी क्रान्ति, परिवर्तनको पक्षमा निरन्तर लडेको र नेतृत्वलार्य रचनात्मक आलोचनासहित पुर्ण सहयोग गरेको नेता भएको स्मरण गर्दै उनको अभाव पार्टी, आन्दोलन र देशले महशुस गरेको बताए ।

दिवंगत नेता बोगटीलाई सम्झिँदै अध्यक्ष प्रचण्डले अहिले माओवादीका माथिल्लो तहका नेताहरु बिग्रिएको स्वीकारसमेत गरे। तर, जनता र कार्यकर्ताहरु नबिग्रिएको र क्रान्तिकारी आन्दोलनका लागि तयार रहेको उनले बताए।

बोगटीले नेतृत्वको आलोचना गरे पनि मुख्य नेतृत्वलाई सहयोग गर्ने भावना कहिल्यै नभुलेको स्मरण गरे। उनी पार्टी एकताको प्रतिकको रुपमा भूमिका खेलेको पनि स्मरण गरे।

प्रचण्डले क्रान्तिकारी विरासत भएको माओवादी आन्दोलन र नेतृत्वले बाटो बिराएको बताए । युद्धको बेला अप्ठेरो ठाउँमा जिम्मेवारी लिन हानथाप गर्ने पार्टी पंक्ति अहिले गुट बनाएर फाइदा लिन मात्र केन्द्रित भएको बताए।

प्रचण्डले फेरि पनि माओवादी एक नम्बरको पार्टी बन्ने बताए। ‘संगठन संरचना र विचार देशैभरि पुर्‍याएर जाने हो भने यो पार्टी फेरि पनि एक नम्बरको पार्टी बन्छ। शान्ति प्रक्रियामा आउनेवित्तिकै हामीलाई पाँचरसात सिट आउँछ भनेका थिए, एक नम्बरको पार्टी भयो,’ उनले भने।

साथै प्रचण्डले यतिधेरै सरकारमा सहभागी भएर एक सय जनाभन्दा धेरैलाई माओवादीले मन्त्री बनाए पनि देशको नेतृत्व राम्रोसँग गर्न भने नपाएको उल्लेख गरेका छन्।